ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण शुरु
काठमाडौँ -काठमाडौंको धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण शल्यकृया सफलता पुर्वक शुरु भएको छ । नेपालका अत्यन्त दक्ष तथा अनुभवि डाक्टरहरुको टिम रहेको यस अस्पतालले गत असार २७ गतेदेखी मृगौला प्रत्यारोपण शल्यकृया शुरु गरेको हो । ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा पहिलोपटक काठमाडौं गोकर्णेश्वर नगरपालिकाका रबिन लामाको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै सहोदर बहिनी उमा लामाले मृगौला दान गरेकी थिइन । मृगौला प्रत्यारोपण शल्यकृयाको नेतृत्व प्रा. डा.प्रेमरमज ज्ञवालीले गरे भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गरिन् । मृगौला प्रत्यारोपणको टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल,डा. सुरेन्द्र बिक्रम अधिकारी, डा.उपेन्द्र जोशीको सकृय सहभागिता रहेको थियो । त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारी राज उप्रेतीले गरेका थिए भने उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको संलग्नता रहेको थियो । उमा लामाको मृगौला रबिन लामाको शरिरमा प्रत्यारोपण गर्न जम्मा ३ घण्टा ३३ मिनेट समय लागेको प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । काठमाडौंका निजी अस्पतालमा मृगौला प्रत्यारोपण शल्यकृया शुरु गर्ने ग्रान्डि अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल हो । ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा रहेको अत्याधुनिक अप्रेशन थियटर र बिश्वस्तरका उपकरणहरुको सहयोगमा यस किसिमका बिशिष्ट शल्यकृयाहरु सम्भव हुने गरेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण