हाम्रा शरिरका १० अंग जुन केही कामका छैनन्, कोही त अझै ज्यानमारा !
आइतबार, ०२ साउन २०७३, १४ : ११
मानव शरिर थुप्रै अंग, हड्डी, कोशिका, धमनीलगायतको संयोजनले बनेको हुन्छ । जसको प्रत्येक अंग निकै महत्वपूर्ण छन् । तर पहिलाका मानिस र आधुनिक मानवको विकासबिच यति धैरै परिवर्तन आइसकेको छ कि मानव शरिरका १० अंग अहिले कुनै कामका छैनन् । रातोपाटी डट कम आज तपाईंलाई त्यही गैर–जरुरी अंगको बारेमा जानकारी दिँदैछ ।
१०. एपेन्डिक्सः
मानिसहरु बाँच्नका लागि खाना अत्यावश्यक हुन्छ । र खानालाई पचाउनका लागि शरिरमा सानो–ठूलो आन्द्राहरु हुन्छन् । एपेन्डिक्सको हुन त केही विशेष काम छैन, छ भने पनि निकै सानो । तर यो अंग पत्थरी रोग बढाउनका लागि जरुर सहायक हुन्छ जसका कारण असह्य पिडा हुन्छ । यसको ठिक समयमा उपचार नहुने हो भने यसले ज्यानसमेत लिने गर्दछ ।
९. मानव पुच्छरः
यो अंगको केही काम छैन । यसलाई मानव इतिहाससँग पनि जोडेर हेरिएको हुन्छ ।
८. प्यारानल साइनसः
सास लिने बेला जुन दबाब नाकमा महसुस हुन्छ, त्यो यही कारणले हो । तर यसबाट कुनै वैज्ञानिक लाभ मानव शरिरलाई हुँदैन । हो, केही प्रयोगमा यसलाई आवाजसँग पनि जोडिएको हुन्छ । यसले गीत गाउँदा हावाको गतीलाई नियन्त्रणमा राख्ने गर्दछ ।
९. टन्सिलः
टन्सिल अर्थात गलाको भित्रि भाग । टन्सिल मुखभित्रको दुबै तर्फ बंगारासँगै हुन्छ । जुन मासुको टुक्राको रुपमा हुन्छ । यसका कारण मुखमा इन्फेक्सन तेज रुपमा फैलन्छ । किनभने यहाँ किटाणुलाई सुरक्षित ठाउँ मिल्छ ।
६. एरेक्टर पिली मसल्सः
यो कपाल उम्रने प्वालसँग जोडिएको हुन्छ । यसले शरिरको तापक्रमलाई नियन्त्रणमा राख्ने बताइन्छ । तर अब मानिसको शरिरमा रौंहरु कम हुन थालेका छन्, यस्तो अवस्थामा यो अंगको पनि खासै केही आवश्यकता छैन ।
५. बुद्धि बंगाराः
यो दाँत १७ देखि २५ वर्षको उमेरमा आउँछ । यो दाँत आउँदा निकै पिडा महसुस हुन्छ । एकतर्फ मानिसको टाउको सानो हुँदै गइरहेको छ भने अर्कोतर्फ बुद्धि बंगाराको पनि केही काम देखिँदैन । किनभने मानिसहरुको खानामा निकै परिवर्तन आइसकेको छ । त्यसमाथि बुद्धि बंगारा चाँडै नै बिग्रने पनि गर्दछ ।
४. पल्मरिज मांसपेशीः
यो मांशपेशी हातमा हुन्छ जुन केही सामान पक्रनका लागि आवश्यक हुन्छ । एक अनुसन्धानका अनुसार १४ प्रतिशत जनसंख्याको हातबाट यो मांसपेशी गायब भइसकेको छ । र उनीहरुलाई कुनै पनि कुरा समात्नको लागि समस्या हुँदैन ।
३. प्लिका सेमिलुनारिस अथवा नेत्रझिल्लीः
यसलाई तेस्रो आँखा पनि भनिन्छ । किनभने धेरै बेरसम्म आँखा जुधाउँदा तेस्रो आँखा खोलिएको आभाष हुन्छ । प्लिका सेमिलुनारिसले आँखालाई दिशा देखाउने काम गर्नुका बाहेक यसको केही विशेष काम छैन ।
२. सबक्ल्याभियस मांसपेशीः
यो मांसपेशी हाम्रो छातीमा फोक्सोको हड्डीभन्दा माथि हुन्छ । जसले काँधलाई ब्यालेन्स गर्छ । यो मांसपेशी मानिसहरु चार हातखुट्टा टेकेर हिँड्ने बेलामा निकै उपयोगी थियो । तर अब यसको खासै केही काम छैन । अहिलेको समयमा धेरै मानिसहरुसँग यो मांसपेशी नै छैन ।
१. पुरुषको स्तनः
पुरुष स्तनको मानव शरिरमा केही काम छैन । गर्भ बसेको ६ औं हप्तामा नै थाहा हुन्छ कि पेटमा भएको शिशु छोरा हो कि छोरी । र यही समयमा नै छोरा शिशुको स्तनको विकास रोकिने गर्दछ । हुन त यसको केही काम त छैन तर यो पुरुषहरुमा स्तन क्यान्सरको कारक पक्कै बन्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण