सडक निर्माण गुणस्तरहीन भएको सांसदको आरोप
कपिलवस्तु - सांसद नरसिंह चौधरीले जिल्लाको क्षेत्र नं ५ का विभिन्न ठाउँमा जिविसको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सम्पन्न गरिएका भौतिक पूर्वाधार निर्माण कार्य गुणस्तरहीन भएको आरोप लगाएका छन् ।
सांसद चौधरीले आफू निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम निर्वाचन क्षेत्र नं ५ को संयोजकको हैसियतबाट निर्माण कार्यको अनुगमन गर्दा निर्माण कार्य गुणस्तरहीन पाएको बताएका हुन् ।
योजनामा आफ्नो अनिवार्य अनुगमन पछि मात्रै भुक्तानी दिनुपर्ने प्रावधान भए पनि आफूलाई बाइपास गरेर जिविसले निर्माण कार्यको भुक्तानी गरेको सांसद चौधरीले उल्लेख गरे ।
असार मसान्तको अन्तिम अवस्थामा भएको सडक निर्माण कार्य प्राविधिकको मिलोमतोमा गुणस्तरहीन भएको स्थानीयले पनि आरोप लगाएका छन् । कुल रु एक करोड ४७ लाख ७५ हजारको बजेट रहेको सात वटा सडक निर्माण कार्यमा देखिएको लापर्बाही र गुणस्तरहीन कार्यमा संलग्न प्राविधिक कर्मचारीउपर छानबिन गरी कारबाही गरिनुपर्ने सांसद चौधरीले माग गर्नु भयो ।
उता जिल्ला विकास समितिले भने योजनाको प्राविधिक मूल्याङ्कनका आधारमा बिल रकम भुक्तानी गरिएको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण