छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु, दुई घाइते
पाँचथर - छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम–२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ४९ वर्षीय देवराज तुम्बापोको उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय श्रेष्ठले बताए ।
यस्तै, खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षीय आइन्द्र लिम्बू र २६ वर्षीया छोरी सावित्रा लिम्बू घाइते भएका छन् । उनीहरुको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गरी फरार भएका मनोजको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । छिमेकी जय तुम्बापोको घरमा मरुमराउ भएको हुँदा राति क्रियापुत्री रुङ्ने क्रममा भेला भई बसिरहेको अवस्थामा मनोज र देवराज तुम्बापोबीच विवाद भएको थियो ।
वादविवादपश्चात् देवराज तुम्बापो आफ्नो घरतर्फ जाँदै गर्दा मनोज तुम्बापोले पिछा गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण