ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहट - यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।
राति ९ः३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएको मालीको उपचारका लागि बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय राजपुर फरहदवाका प्रहरी नायब निरीक्षक श्री चन्द्रकान्त अधिकारीले घटनासम्बन्धी छानबिन गरिरहेको र मालीको शवलाई परीक्षणका लागि आज बिहान ८ बजे जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरी नायब निरीक्षक अधिकारीले बताए ।
प्रहरीका अनुसार माली विद्युत्का कर्मचारी नरहेको र कसको निर्देशनले ट्रान्सफर्मर मर्मत गर्न गएको सो सम्बन्धमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण