कोहलीको शतकले वेस्ट इन्डिजबिरुद्ध भारत सुदृढ अवस्थामा
एन्टिगुवा – वेस्ट इन्डिजबिरुद्धको पहिलो टेस्टमा कप्तान विराट कोहलीको शतकको मद्दतले भारतले पहिलो दिनको खेल समाप्ति हुँदासम्म ४ विकेटको क्षतिमा ३ सय २ रन बनाएको छ ।
कप्तान कोहली १ सय ४३ रन बनाएर नटआउट रहेका छन् । उनले १९७ बलको सामना गर्दै १६ चौका प्रहार गर्दै सो स्कोर बनाए ।
टेस्टमा उनको तेस्रो ठूलो स्कोर हो भने भारतीय कप्तानले वेस्ट इन्डिजमा बनाएको दोस्रो ठूलो स्कोर पनि हो । यसअघि राहुल द्रभिडले सन् २००६ मा १ सय ४६ रन बनाएका थिए । आज उनले यो किर्तिमान भंग गर्न सक्छन् ।
उनलाई देभेन्द्र विसुको बलमा आउट हुनअघि ८४ रन बनाउँदै शिखर धवनले राम्रो साथ दिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको भारतको शुरुवात भने राम्रो हुन सकेन । १४ रन बनाउँदा नै मुरली विजयलाई भारतले गुमाएको थियो । त्यसपछि चेतेश्वर पुजारा र धवन मिलेर स्कोर ७४ रनसम्म पुर्याए । पुजारा १६ रन बनाएर आउट भए । त्यसपछि धवन र कोहलीले इनिङ सम्हाले ।
अन्य ब्याटसम्यानमा अजिंका रहानले २२ रन बनाए भने हाल कोहलीसँग २२ रन बनाएका रविचन्द्र आश्विन क्रिजमा रहेका छन् ।
वेस्ट इन्डिजका लागि विसुले तीन विकेट लिए भने सानोन ग्याब्रियालले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण