देशभर वर्षाको कहर : कतै डुबान, कतै पहिरो
काठमाडौं – मनसुनी रेखा नेपालतर्फ मोडिएपछि यसैसाताबाट देशका विभिनन भागमा शुरु भएको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र डुबानका साथै पहिरो गइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा भैरहवामा सर्वाधिक १२३ मिलिमिटर वर्षा भएको छ भने सिमरामा १०९ मिलिमिटर वर्षा भएको छ ।
नेपालगंज र डडेलधुरामा पनि उल्लेख्य मात्रामा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार वर्षा आज र भोली जारी रहने छ भने पर्सीदेखि देशको मध्य र पश्चिमी भागमा वर्षाको मात्रा घट्ने र पूर्वी भागमा भने वर्षा कायम रहनेछ ।
जल तथा मौसम विज्ञान विभागको हाइड्रोलोजी डिपार्टमेन्टको वेभसाइटमा पश्चिमी राप्तीको विजुवारटार र नारायाणीको आदिखोला बोर्लाङपुलमा नदी खतराको संकेतमाथि रहेको जनाइएको छ ।
पछिल्लो समय न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “मनसुनी रेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा खराबी आएको छ” – उनले भने । विगत तीन–चार दिनदेखि निरन्तर (केही घन्टा रोकिँदै) परेको वर्षात् अझै एक–दुई दिन जारी रहने मौसमविद अर्यालले बताए ।
साधरणतया जुन देखि सेप्टेम्वरको चार महिना सम्मको समयलाई दक्षिण एशियाली मानसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुने गर्दछ।बाढी र पहिरो बारे पछिल्लो अपडेट
नवलपरासीको परासी बजारमा बाढी पस्यो (तस्बीरहरु सहित )
म्याग्दीको तोराखेतमा निरन्तर पहिरो : एक घर र दुई गोठ बगायो
पहिरो खस्न थालेपछि स्थानीय त्रसित
पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड अवरुद्ध, स्थानीय त्रसित
रुपन्देहीमा यसरी उद्दार गरियो बाढीमा फसेका ७ जनालाई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण