राप्रपा र राप्रपा नेपालबीच एकीकरण गर्ने सहमति, साउन २५ मा एकता घोषणा
शनिबार, २२ साउन २०७३, २३ : ०७
काठमाडौँ –राप्रपा र राप्रपा नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ ।
दुवै पार्टीका शीर्षस्थ नेतृत्व एकता गर्न सहमत भएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो ।
व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो पार्टीकातर्फबाट २५ सांसद रहेका छन् भने राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन् ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दुवै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने जानकारी दिए ।
उनका अनुसार मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले एकताको प्रक्रिया अगाडि बढाइएको हो ।
यसअघि, राप्रपाले सरकारमा सहभागी हुने तथा राप्रपा नेपालले भने सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण