स्वदेशी लगानीमा जलविद्युत् आयोजना अगाडि बढाउन माग
काठमाडौँ– मुलुकभित्रै लगानी जुट्न नसक्ने र वैदेशिक लगानी पनि भित्र्याउन नहुने भन्ने दुई अतिवादी सोचका कारण नेपालको जलविद्युत् क्षेत्रमा उल्लेख्य लगानी आउन नसकेको आज आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय सरोकार अभियानले आयोजना गरेको ‘नेपालको जलस्रोत विकासमा अरुण तेस्रोको निर्माण किन र कसरी ?’ विषयको अन्तरक्रियाका सहभागीले प्रष्ट नीति तथा योजनाको अभावमा मुलुक सधैँ अँध्यारो रहनुपर्ने अवस्थामा रहेको उल्लेख गरे । मुलुकभित्रै पनि भरपर्दो लगानीको स्रोत रहेको, प्राविधिक जनशक्ति, साधन र स्रोतसमेत रहँदारहँदै पनि नीतिगतरुपमा प्रष्टताको अभावमा जलविद्युत् क्षेत्र केवल भाषण गर्ने र लेख्नका लागि मात्रै सिमित रहेको उनीहरुको कथन थियो ।
ठूला र मझौला जलविद्युत् आयोजना अगाडि बढाउन सक्ने साधन र स्रोत हुँदाहुँदै पनि महत्वपूर्ण आयोजना विदेशी कम्पनीलाई सुम्पने प्रवृत्ति बढेको उनीहरुको कथन थियो । ऊर्जाविद् डा गोपाल शिवाकोटी ‘चिन्तन’ले अरुण तेस्रो, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी जस्ता ठूला जलविद्युत् आयोजना स्वदेशी लगानीमा स्वदेशी स्रोत नै प्रयोग गरेर अगाडि बढाउन सकिने भएपनि सरकारले विभिन्नरुपमा विदेशी कम्पनीलाई सुम्पेको बताए ।
अरुण तेस्रो जलविद्युत् आयोजना आजभन्दा २५ वर्ष पहिल्यै निर्माण हुनसक्ने अवस्था रहँदारहँदै पनि आर्थिक चलखेलका कारण रोकिएको उल्लेख गर्दै उनले गलत मनसाय राख्नेले आयोजना पनि नबनाएको र आफूहरुलाई विकास विरोधीको बिल्ला भिराएको स्पष्ट पारे । ऊर्जा क्षेत्रका जानकार डा बलबहादुर अधिकारीले ठूला आयोजना निर्माण गर्न चाहने कम्पनी र संस्थाले राष्ट्रिय एवम् स्थानीयको माग र उनीहरुको अधिकतम् हितलाई ध्यान दिनुपर्ने बताए ।
स्वदेशभित्रै पनि लगानी जुटाउन कुनै समस्या नपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिई केवल विदेशी भित्र्याउने नाममा साधन र स्रोतको अवमूल्यन गरेको उनको कथन थियो ।
कार्यक्रममा नेकपा माओवादीका नेता पदम राई, माथिल्लो कर्णाली सरोकार समितिका अध्यक्ष भरत शाही, डा सुरेन्द्र केसी तथा अधिवक्ता एकराज भण्डारीले स्वदेशी लगानी र सीपबाटै मुलुकको कायापलट गर्न सकिने भन्दै सोही दिशामा जलविद्युत् क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण