नेविसंघ नेतृत्वको दौडमा रहेका बस्नेतको यस्तो छ संगठन हाँक्ने योजना
काठमाडौं–‘म अध्यक्ष हुनु र अरु साथीहरु अध्यक्ष हुनुमा धेरै फरक छ । कोही अध्यक्ष बन्नकै लागि अध्यक्ष बन्ने योजनामा छन् । तर मैले विभिन्न प्राथमिकताहरु तोकेरै उम्मेदवारी घोषणा गरेको छु । नेपालको विद्यार्थी आन्दोलन, नेविसंघको भूमिका लगायतका विषयमा म लामो समयदेखि लागिरहेको छु । अध्यक्ष भएँ भने विद्यार्थीहरुको हकहितको लागि सक्रियतापूर्वक लाग्नेछु’, यो भनाई नेविसंघको राजधानीमा जारी ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी शुभराम बस्नेतको हो ।
आफूले नेविसंघको नेतृत्व पाए संगठनलाई चलायमानका साथै प्रभावकारी रुपमा अघि बढाउने उनी दाबी गर्छन् ।
नेविसंघलाई कांग्रेसका शसक्त र आर्दश नेता–कार्यकर्ता उत्पादन गर्ने सुन्दर नर्सरी भन्न रुचाउने उनी भन्छन्, ‘लामो सयमदेखि संघको महाधिवेशन हुन नसक्दा यो नर्सरी उजाड हुने क्रममा छ । तर अहिले लामो प्रतिक्षापछि नर्सरीमा फेरी एक पटक नयाँ विरुवा उमार्ने तयारी हुदैछ ।’ तर बिरुवा उमारेर मात्रै नहुने र त्यसका लागि सहि बिउको जरुरी हुने भन्दै प्रतिकात्मक रुपमा उनी भन्छन्, ‘ बिरुवा उमार्नु अघि बिउ राख्नु जरुरी हुन्छ तर बिउ कस्तो राख्ने ? उन्नत वा पुरानै, भर्खरै टुसा पलाउने सुरसार गर्दै गरेका वा बुढा र जिङरिङ भइसकेका ?’
नेवि संघ र नेपाली कांग्रेसलाई बिचारवान, सशक्त र उर्जाशिल बनाउने आफ्नो एक मात्र अर्जुन दृष्टि रहने बताउँदै उनले शिक्षालाई गुणस्तरिय र सर्वसुलभ बनाउन अहोरात्र खट्ने बताए ।
तर अहिले योग्य र सक्षम व्यक्तिलाई पछाडि पार्न खोजेर नेताका निकट र आसेपासेहरुलाई नेतृत्वमा लगिन खोजिएको दाबी गर्दै उनले महाधिवेशन प्रतिनिधिहरुले त्यसलाई राम्ररी बुझेको र निर्वाचनमा स्वविवेकको प्रयोग गरेर नेताका आसेपासेहरुलाई पराजित गराउने विश्वास व्यक्त गरे ।
उनले आफू कसैको आशिर्वाद र कृपाले यहाँसम्म आइनपुगेको बताउँदै आफूलाई कार्यकर्ताले पनि राम्ररी चिनेकाले महाधिवेशन प्रतिनिधिले विस्वास गर्ने बताउँछन् । यसो त उनको पक्षमा व्यापक माहोल समेत रहेको बताइन्छ । उनको प्रचारप्रसार शैली सामान्य भएपनि कार्यकर्ताहरुको निकै भीडभाड हुने गरेको छ ।
संगठनलाई मजबुत, गतिशील र सशक्त बनाउन, संगठनका सदस्यहरुबीच एकता र भातृत्व कायम गर्न, संगठनभित्र रहेका विकृति, विसंगतिहरूको अन्त्य गरी ने.वि. संघको विश्वसनीयता र गरिमा उच्च राख्न, वैज्ञानिक, रोजगारमूलक शिक्षाको विकास र शिक्षाको व्यापारीकरण तथा राजनीतिकरणको अन्त्य गर्न, शिक्षित युवाहरूलाई राज्यबाट अनिवार्य रोजगारीको व्यवस्था गर्न पहल गर्न,विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरी शिक्षाकोे गुणस्तर उकास्न, विद्यार्थीहरूका शैक्षिक प्रमाणपत्र सरकारलाई धितो राख्न लगाई उद्यमशीलताको विकास गराउन, विद्यार्थीहरूलाई सामाजिक सुरक्षाको प्रावधानअन्तर्गत सेवा विस्तार गर्न, सरकारी, सामुदायिक विद्यालय र क्याम्पसहरूमा वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रणालीको विकास र अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा दिलाउने आफूले उम्मेद्वारी दिन लागेको उनी बताउँछन् । यस्तै त्रि.वि.को शैक्षिक क्यालेन्डरलाई लागू गराउन, बदलिँदो परिस्थीतिअनुसार विद्यार्थी आन्दोलनलाई मार्गदर्शन गर्न, नैतिकतामा आधारित मानवतावादी शिक्षा र भष्टाचारमुक्त शैक्षिक प्रशासनको पक्षमा काम गर्नपनि आफूले अध्यक्षमा दाबेदारी दिएको उनी बताउँछन् ।यसअघि शंकरदेव क्याम्पस स्ववियु सभापति भइसकेका उनी नेविसंघका एक प्रभावशाली नेताको रुपमा चिनिन्छन् । यसो त उनले त्रि.वि.कै इतिहासमा पहिलोपटक शंकरदेव क्याम्पसमा २०७१ सालमा अमेरिकाको एन्डर्सन विश्वविद्यालयको सहकार्यमा ‘ लिडरसिप इन च्यालेन्जिङ एण्ड कम्प्लेक्स इन्फाइरोेमेन्ट’ विषयक दुईदिने सेमिनार उनले चलाएका थिए ।
यस्तै ११ वर्षदेखि हुन नसकेको स्ववियु परिषद्को अधिवेसन स्ववियु सभापति भएको ६ महिनाभित्रै सम्पन्न गराएका थिए भने शंकरदेव क्याम्पस स्ववियुको नेतृत्व गर्दै वार्षिक २०० विद्यार्थीलाई जेहेन्दार तथा गरिब छात्रवृत्ति प्रदानमा उल्लेख्य भूमिका खेल्नुका साथै निजी शैक्षिक केन्द्रमा अध्ययतरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महत्वपुर्ण योगदान पुर्याएका थिए ।
विभिन्न सामाजिक काममा समेत आवद्ध उनी ०६२/०६३ को जनआन्दोलनमा शसक्त भुमिका निर्वाह गरी पटक–पटक जेल समेत बस्न बाध्य बनेका थिए ।
संविधानसभाबाट संविधान जारी गर्न विलम्ब भएपछि दवाव समुह खडा गरी देशव्यापी रुपमा आन्दोलन समेत उनले सञ्चालन गरेका थिए ।
संगठनका लागि लामो योगदान दिएका उनले त्यसैले त यसवर्ष नेतृत्वका लागि आफ्नो प्रभावशाली उपस्थिति देखाएका छन् । उनले भने, ‘संगठनका लागि मैले सकेको जति गरेको छु, अब धेरै गर्न मन छ, त्यसैले उम्मेद्वारी दिन लागेको छु ।’ यसो त उनी उम्मेद्वारी घोषणा गर्नेमध्येका सबैभन्दा कान्छा उम्मेद्वार भएको बताइन्छ । संगठनका लागि केहि गर्न चाहने र योग्य उम्मेद्वार पनि रहेकाले उनी आकर्षणको केन्द्र बनेको नेविसंघका कार्यकर्ताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण