बाढीपहिरो पीडितलाई राहत तथा पुनःस्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
बुधबार, २६ साउन २०७३, २२ : २६
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रदेश नं ५ का नेता तथा सांसदले बाढीपहिरोका कारण सो प्रदेशमा भएको जनधनको क्षतिपछिको उद्धार, राहत तथा पुनःस्थापना र त्यसको नियन्त्रणप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले बाढीपहिरोको कारण विस्थापित परिवारलाई घर निर्माणका लागि जस्तापात र राहतस्वरुप रु दुई लाखका साथै खाद्यान्न, लत्ताकपडा र औषधोपचारसहितको राहत प्याकेज प्रदान गर्न माग गरेका छन् ।
प्रकोपका कारण अनाथ भएका बालबालिकाको पालनपोषण र शिक्षा दिक्षासहित सम्पूर्ण जिम्मेवारी राज्यले लिन व्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख छ । बाढीपहिरो उच्च जोखिममा रहेका गाउँ बस्तीको विज्ञ सम्मिलित टोलीबाट अध्ययन गराई पुनःवासको व्यवस्था गर्न माग गरिएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन, रेखा शर्मा, कृष्णध्वज खड्का, सन्तकुमार चौधरी, पुनराम थापालगायतका नेता आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुगेका थिए । प्रधानमन्त्री दाहालले माग सुनुवाइ गर्न आफ्नातर्फबाट सक्दो पहल गर्ने बताएको भेटमा सहभागी माओवादीका नेता खड्काले जानकारी दिए ।
सो टोलीले यसअघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर मागपत्र बुझाइसकेको छ । प्रकोपका कारण प्युठानमा ५०, गुल्मीमा ११, पाल्पामा चार र दाङमा दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण