बाँदरको कारण खेतीयोग्य जमिन बाँझो बन्दै
शनिबार, २९ साउन २०७३, १७ : १८
धनकुटा– धनकुटाको हातिखर्क गाविसमा बाँदरको कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ ।
बाँदरले कृषकलाई दुःख दिने र लगाएको बालीनाली खाने नष्ट गर्ने गाउँ छाडेर बाँदर अन्त नगएपछि उब्जाऊ हुने थुप्रै जमिन किसानले बाँझो छोड्न बाँध्य भएका हुन् ।
बाँदरले अन्न बाली जस्तै धान,मकै,कोदो,लसुन,प्याज,आलु,बन्दा कोपी,काउली,टमाटर,बोडी,र फलफूल कोला,अम्बा लगायत सबै बालीनाली खाने गरेको र नखाएको उखाल्ने फाल्ने, नष्ट गरी कृषकलाई हैरानी दिदै आएको स्थानीयवासी बताउँछन् ।
कागती,निबुवा नखाने गरेको तर बोटमा चढेर सबै फलफूल भुँईमा खस्ने गरी बोट हलाई दिनाले खानका लागि भनेर दुःख गरी लगाएको बालीनालीका साथै फलफूल नष्ट हुदा श्रम खेर जाने भएपछि किसानले खेती योग्य जमिन बाँझो छोड्न थालेका छन् । बाँदरले बालीनाली बिग्रार्ने मात्र नभई स्थानीयवासी महिलाहरु पानी भर्न धारा जादा बाँदर ताती लागेर महिलालाई जिस्काउने लखेट्ने कुट्ने गरेको र पूरुष एक्लोदोक्लो पानी लिन धारा गएमा पूरुषलाई समेत बाँदर समूहमा आई आर्कमण गर्ने गरेको स्थानीयहरु बताउँछन् ।
बाँदरले लगाएको बाली आफूले सदुपयोग गर्न नपाउने र खेतलाको हाजिर सम्म ऋण पर्न थालेपछि विगत २ वर्ष देखि १८ रोपनी खेती योग्य खेतबारी बाँझो छाडेको वार्ड नं. ४ का स्थानीय चन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
त्यसैगरी वार्ड १ का सुजन तामाङले विगत ३ वर्ष देखि राम्रो धान उब्जाउदै आएको १६ रोपनी जग्गामा बाँदरको कारण खेती लगाउन छाडेको बताए ।
त्यसैगरी वार्ड नंं. २ का स्थानीयवासी खिर बहादुर लिम्बुले बाँदरले हैरानी दिएर लगाएको कुनै पनि बालीनाली आफूले उपभोग गर्न नपाउने र ज्वाला समेत उठाउन नसकेपछि उब्जाउ हुने ११ रोपनी खेतमा धान खेती गर्न छाडेको बताए ।
बाँदरको हैरानीले हाति खर्क वार्ड नंं. १,२,३ र४ मा अधिकांश खेती योग्य जमिन किसानले बाँझो छोड्दा त्यस क्षेत्रमा उब्जाउ हुने धान,मकै,कोदो,लगायत सागसब्जी र फलफूल उब्जानीमा गिरावट आउँदा किसानहरु मर्कामा परेका छन् । बाँदरले बालीनाली मात्र खाए हुन्थ्यो तर घाँस,दाउरा,पानी,पंधेरो र मेलापात गुरुपमा सबै गाउँले सगै नगए बाँदर आर्कमण गर्ने र महिलालाई घरबाट एक्लै वनजंगलमा कामका लागि पठाउन नसकिएकोे स्थानीयहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण