दक्षिणकाली–चोभार सडक विस्तार कार्य तत्काल रोकियो
आइतबार, ३० साउन २०७३, २२ : ३१
काठमाडौँ, ३० साउन - सर्वोच्च अदालतले दक्षिणकाली–चोभार सडक विस्तार कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले तत्काल सो क्षेत्रको सडक विस्तार गर्दा स्थानीयको संरचना भत्किँदा अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार कार्य रोक्न भदौ १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
सडक विस्तार कार्य लामो समयसम्म रोक्न नहुने उल्लेख गर्दै आगामी भदौ १३ गते छलफलका लागि सरोकारवाला पक्षलाई बोलाएको समेत आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ, “सो क्षेत्रको सडक विस्तार कार्यले स्थानीयको संरचना नष्ट भई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार कार्य नगर्नु नगराउनु ।” पम्फादेवी बस्नेतसहित ३४ जनाले सो क्षेत्रको बाटो विस्तार गर्दा आफूहरुको भौतिक संरचना क्षति हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण