माग पुरा नभएसम्म सरकारमा जाँदैनौँः नेता महतो
राजविराज– सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताएका हुन् । मधेसी मोर्चा सप्तरीले बुधबार भारदहमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेता महतोले आफूहरुको माग सम्बोधन भएमात्र सरकारमा जान सकिने उनले बताए । साथै, आन्दोलनका क्रममा सप्तरीमा सहादत प्राप्त गरेका छजनाका पत्नीलाई दोसल्ला ओढाई सम्मानसमेत गरेका थिए। कार्यक्रम मोर्चाको क्षेत्र नं २ का कुन्दनकुमार मण्डलको अध्यक्षतामा भएको थियो ।
यसैबीच, तेस्रो मधेस आन्दोलनमा सर्वप्रथम मृत्यु भएका राजीव राउतलगायतको सम्झनामा सप्ताहा कार्यक्रमअन्तर्गत बुधबार पहिलो दिन जिल्लाका विभिन्न स्थानमा द्वीप प्रज्वलन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण