यस्ता छन् मन्त्रिपरिषदको बैठकका चार निर्णय
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा सम्पन्न बैठकले तराई–मधेश आन्दोलनको आन्दोलनका क्रममा भएको भौतिक क्षतिको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको नेतृत्वमा ७ सदस्ययीय आयोग गठन गर्ने, काबुल घटनामा परी मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रममा लागेको खर्च सरकारले तुरुन्त भुक्तानी गर्ने, तराई–मधेश आन्दोलनका क्रममा मारिएका ११ जना सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीका परिवारलाई दश लाखको दरले क्षतिपूर्ति दिने, स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विद्येयक तयार पार्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) लाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण