ऊर्जामन्त्रीको बोल्ड डिसिजन : विद्युत ट्रान्समिसन लाइन विस्तारको समस्या समाधान
काठमाडौं– ऊर्जा मन्त्रालयले विद्युत ट्रान्समिसन लाइन विस्तारका लागि समस्या भएको भन्दै त्यसका लागि पहल गर्न ऊर्जामन्त्री जनार्दन शर्मासंग आग्रह गरेकोमा मन्त्रिपरिषद्को बैठकबाट ति जटिलताहरुलाई हटाउने काम भएको छ ।
मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले ट्रान्समिसन लाइन विस्तारमा बन ऐनमा भएको व्यवस्थाले ट्रान्समिसन लाइन विस्तार क्षेत्रमा पर्ने बोटविरुवा हटाउन समस्या भन्दै सो समस्या समाधानको पहल गर्न बुधबार आग्रह गरेकोमा शर्माले आवश्यक प्रक्रिया पूरा गरेर जटिलता हटाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएको शर्माका स्वकीय सचिव बसन्त विक्रान्तले रातोपाटीलाई जानकारी दिए ।
उनले उर्जासचिवले मन्त्रीलाई जानकारी गराएलगत्तै त्यसका लागि सहयोग गर्न बन मन्त्रालयलाई आग्रह गरेको बनले पनि प्रस्ताव क्याबिनेटमा पठाएपछि आज निर्णय भएको बताए ।
मन्त्रिपरिषद्को निर्णयसँगै ट्रान्समिसन लाइन विस्तारमा अब समस्या हुनेछैन भने ट्रान्समिसन लाइन विस्तार हुने क्षेत्रमा बनसँग स्वीकृत लिएर रुट बिरुवा काट्न मिल्नेछ ।
मन्त्री शर्माले ऊर्जा क्षेत्रको समस्या समाधानका लागि आफूले प्रभावकारी ढंगले काम गर्ने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण