कोशी कटानको बालुवामा डेजर्ट सफारी !
बिहीबार, ०२ भदौ २०७३, १४ : ४१
इटहरी – २०६५ सालमा कोशी नदीको भंगालो मानव बस्ती तिर पस्दा सुनसरी जिल्लाका कयौँ बिगाहा खेती योग्य जमिन बगरमा परिणत भए । दर्जनौं बिगाहा जमिनका मालिक रहेका सुनसरीका कृषक हेर्दा हेर्दै सुकुम्वासीमा परिणत भए । त्यस पश्चात वर्षै देखि बालुवा माथिको आशा नियालेर बसेका यस भेगका स्थानिय, अहिले नयाँ व्यवसायीले सोही ठाउँमा लागानी गर्न तम्तयार बने पछि हर्षित बनेका छन् ।
श्रीपुरजब्दीको करिब २७ विगाहा जमिनमा न्यु कोशी ड्रिजर्ट सफारीको निर्माण शुरु भए पछि यस क्षेत्रका बासिन्दाले रोगजारीका अवसर खुल्ला भन्ने आशाले हर्षित भएका हुन् । पर्यटन व्यवसायी राधेश्याम पौडेलले उक्त क्षेत्रमा फरक किसिमको व्यवसायको थालनी गरेका हुन । पौडेलले आप्mना केही सहकर्मीसँग मिलेर करिब १५ करोडको लगानीमा बालुवा माथी संचालन हुने मनोरञ्जनात्मक खेल तथा व्यवसाय शुरु गर्न लागेका छन् ।
श्रीपुरजब्दीका निवर्तमान गाबिस अध्यक्ष लटित मिंयाले आफुले आशा मारेको जमिनमा यस किसिमको नयाँ नयाँ व्यवसाय संचालन हुन सके जग्गाको मुल्याँकन बढ्ने र युवाहरुले रोगजारी पाउने विश्वास व्यक्त गरे ।
खेर गइरहेको जमिनलाई सदुपयोग गर्ने र स्थानियलाई रोगगारीको अवसर समेत सृजना गर्ने गरि नयाँ नयाँ लगानी गाउँमा भित्रिए पछि गाउँलेले सहयोग गरेको मियाले भनाई छ ।
लगानीकर्ता राधेश्याम पौडेलले उक्त २७ विगाहा जमिनमा बन्न लागेको संरचनाले समुन्द्रको झल्को दिने बताए । उक्त संरचनामा सुविधा सम्पन्न रेष्टुरेन्ट देखि बालुवामा यात्रा गर्न मिल्ने सुविधा उपलव्ध हुनेछ ।
पूर्व पश्चिम राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा प्रयोग बिहिन भएको जमिनलाई सदुपयोग गरिएको छ । यस्ता धेरै जमिन वेकामे बनेर रहेका बेला केहि न केहि गर्न सकिन्छ भन्ने सन्देश दिनपनि आफुले यति ठुलो लगानी गरेको पौडेल बताउछन । उनका अनुसार बन्न लागेको संरचना, रेष्टुरेन्ट, फिल्महल, स्वीमिङपुल, बालुवामा यात्रा गर्ने सवारी साधन, लगाएतका दर्जनौ सेवा सुविधाहरु उपलव्ध हुनेछन् ।
पूर्वी नेपालको पर्यटन व्यवसायलाई थप टेवा पुग्ने विश्वास लिइएको यस योजनाले छिमेकी मुलुक भारतका पर्यटकलाई लोभ्याउने संकेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण