सल्यानी खुकुरीको माग बढ्यो
बिहीबार, ०२ भदौ २०७३, १५ : २९
सल्यान, भदौ २–नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको सल्यानी खुकुरी उपहारको रुपमा प्रयोग हुन थालेपछि माग बढेको छ ।
देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउन थालेपछि सल्यानी खुकुरीको माग बढेको हो । सदरमुकाममा हुने विभिन्न कार्यक्रममा उपहार दिने चलन चलेको छ ।
माग भए अनुसारको खुकुरी पु¥याऊन नसकिएको शारदा नगरपालिका २ खलंगा बिश्वकर्मा टोलका ६४ वर्षिय जुद्धबिर बि.क.ले बताए ।
सदरमुकाम खलंगामा रहेको विश्वकर्माटोलका ११ परिवार मध्य ६ परिवारले फलामवाट वन्ने खुकुरी , खुडा , चुलेसि , चक्कु , हसिया बनाउदै आएका छन् । खुडा, चुलसी चक्कु भन्दा बढि खुकुरीको माग रहेको वि.क.को भनाई रहेको छ । द्धन्द्धका समयमा खुकुरीको कारोबारो पूर्ण रुपमा बन्द भएपनि शान्ति भएसँगै पून खुकुरीको माग बढ्दै आइरहेको उनले बताए ।
खुकुरी वनाऊने पेशावाट घर खर्च टार्नुका साथै छोरा छोरी विद्यालय पढाऊने सहयोग पुगेकोे उद्यमी इन्द्र वहादुर वि.क.ले बताए ।
विश्वकर्मा टोलका वि.क. परिवाले खुकुरी बनाउने पुख्र्यौली पेशालाई निरन्तरता दिदा जीवनस्तरमा सुधार आएको वताऊछन् । फलामका औजारहरु निर्माणका लागि वढ्दो लोडसेडिङ्गले समस्या भएको उद्यमीहरुको भनाई छ । दैनिक एक वटा खुकुरी वनाऊन सकिने भएपनि वढ्दो लोडसेडिङ्गका कारण समस्या भएको इन्द्रवहादुर विकले भन्नु भयो । उहाँले भन्नु भयो खुकुरी चम्कीलो वनाऊन लगाईने सान प्रयोग गर्न समस्या छ । आकर्षक खुकुरी ,खुडा वनाऊने आधुनिक ग्रयान्डर मेसिन भएर पनि बत्तिका कारण प्रयोग गर्न समस्या छ ।
उपहारका रुपमा सल्यानी खुकुरी घरमा आएर ग्राहकहरुले देश भित्र काठमाण्डौ, नेपालगञ्ज ,दाङ्ग र वाहिर अमेरिका ,अष्टे«लिया लगायतका देशमा उपहारका रुपमा पठाऊन ग्राकहरुले लैजाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण