चैतसम्ममा स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी
काठमाडौं–स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन फागुन वा चैत महिनामा गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन् ।
मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचन कार्यविधि सम्बन्धी विधेयक तयार पार्न सैद्धान्तिक सहमति दिएकै दिन स्थानीय विकास मन्त्री पाण्डेले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि निर्वाचन नगर्ने षड्यन्त्र गरेको आरोप लगाए पनि सरकारले फागुन वा चैत महिनामा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाएको बताए । रिपोर्टस क्लबले विहिवार काठमाडौमा गरेको साक्षात्कारमा मन्त्री पाण्डेले स्थानीय तहको पुनर्संरचनाको काम नसकिएका कारण अघिल्लो सरकारले प्रस्ताव गरे अनुसार मंसिर महिनामा भने निर्वाचन सम्भव नरहेको बताए । उनले फागुन–चैत महिनामा निर्वाचन गर्नका लागि सरकारले स्थानीय तहको पुनसंरचना आयोगलाई फागुन मसान्तसम्म म्याद भए पनि असोज मसान्तसम्म प्रतिवेदनको खाका पेश गर्न निर्देशन दिइसकेको बताए ।
स्थानीय विकास मन्त्री पाण्डेले आयोगले प्रस्ताव गरेको स्थानीय तहको संख्या ५ सय ६५ अन्तिम नभएको भन्दै यस विषयलाई दलहरुबीच छलफल गरेर टुंगो लगाइने बताए । उनले स्थानीय तहको पुनर्संरचनाको काम प्राविधिक मात्र नभएर राजनीतिक पनि भएकाले सरकारले पुनर्संरचनाको मापण्डका विषयमा दलीय सहमति जुटाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण