८२ वर्षे नागरिक समाजका अगुवा खतिवडा भोलिदेखि सत्याग्रहमा
काठमाडौं– जागरुक नागरिक समाजले भोलिदेखि काठमाडौंको माईतीघरमा सत्याग्रह आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले उक्त कुराको जानकारी दिएको हो । समाजका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन र मुलुकको जेठो मानवअधिकारवादी संस्था (मासम २०४१) का संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा(८२), बरिष्ठ समाजसेवी कृष्णनाथ घिमिरे(८६), समाजसेवी चित्रबहादुर पुन(६७) र बुद्धिजीवी मुकुन्द ढकाल(७०) सत्याग्रह आन्दोलनमा बस्नेछन् । समाजका अनुसार भदौ ३ गतेबाट सुरु हुने सत्याग्रह दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । कार्यक्रममा बोल्दै सत्याग्रहका अगुवा गर्ने मानवअधिकारवादी खतिवडाले राजनीति ठीक हुनु र नहुनुले मुलुकको भाग्य निर्धारण गर्छ भन्ने कुरालाई आफूहरुले मनन गर्दै ‘मुलुक शान्ति र समृद्धिको खोजीमा छ’ भन्ने नाराका साथ आफूहरु सत्याग्रहमा होमिन लागेको जनाए । खतिवडाले भने,‘म ८२ वर्षको बुढो आज सत्याग्रहमा होमिनु परेको छ, मुलुकको राजनीतिक अवस्था अहिले अत्यन्तै चिन्ताजनक छ, हामी शान्ति र समृद्धिको पक्षमा छौं ।’ उनीहरुले दिगो सरकारले मात्रै शान्ति र समृद्धि दिन सक्छ त्यसको लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने, मुलुकको व्ययभार घटाउनका निमित्त दुबै सभाको हालको सदस्य संख्या आधा कटौति गर्नुपर्ने, धर्मनिरपेक्ष र सापेक्षको विवादलाई जनमत संग्रहद्धारा समाधान खोज्नुपर्ने लगायतका १४ बुँदे मागहरु अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण