नेविसङ्घको मतपरिणाम घोषणा, कुन पदमा को विजयी ?
बिहीबार, ०२ भदौ २०७३, २२ : ००
काठमाडौँ - नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।
नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो । बिहिबार सार्वजनिक भएको मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले एक हजार ४४७ र उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार ३२८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै महामन्त्री (दुई पद) मा कुन्दनराज काफ्ले र सरोजकुमार थापा विजयी भएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए । कोषाध्यक्षमा शिव रिमाल विजयी भएका छन् ।
उपाध्यक्षमा प्रदेश नं १ बाट विकास केसी, प्रदेश नं २ बाट सञ्जय यादव, प्रदेश नं ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नं ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नं ५ बाट प्रकाश राना, प्रदेश नं ६ बाट खड्ग डाँगी र प्रदेश नं ७ बाट पुष्पकुमार शाही विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिए ।
समावेशी उपाध्यक्षमध्ये क्रमशः महिलामा उर्मिला थपलिया, मधेसीमा पवन यादव, जनजाति आदिवासीमा नवीन राई र दलितमा सागर परियार विजयी भएका छन् ।
सहमहामन्त्रीमा प्रदेश नं १ मा कृष्ण कार्की, प्रदेश नं २ मा राजेशकुमार रौनियार, प्रदेश नं ३ मा माधवप्रसाद ढकाल, प्रदेश नं ४ मा हरिहर शर्मा, प्रदेश नं ५ मा प्रकाश घिमिरे, प्रदेश नं ६ मा ईश्वरबहादुर विष्ट र प्रदेश नं ७ मा अच्युतराज कलौनी विजयी भएका छन् ।
समावेशी सहमहामन्त्री छात्राबाट साधना घिमिरे, मधेसीबाट परमेश्वर साह, आदिवासी जनजातिबाट दीपेश राई र दलितबाट ललिता सुनार विजयी भएका छन् । सङ्घमा १२९ पदका लागि निर्वाचन भएको हो । बाँकी २२ जना मनोनयन हुने प्रावधान छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण