नैनसिंह महर: डडेल्धुराको विकट भागेश्वरदेखि नेविसंघको अध्यक्षसम्म
बिहीबार, ०२ भदौ २०७३, २२ : १४
काठमाडौँ, भदौ २- नैनसिंह महर नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १२५ मतको अन्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष महर डडेल्धुराको विकट भागेश्वर गाविसमा जन्मिनुभएको हो ।
नैनसिंह महर नेविसङ्घ डडेल्धुराको पूर्वअध्यक्ष तथा डडेल्धुराबाट निर्वाचित काँग्रेस महासमिति सदस्यसमेत हुनुहुन्छ । नेविसङ्घको निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष रही दुई दशकदेखि राजनीतिमा सक्रिय महर प्रखर वक्ता, रचनात्मक कार्यशैली तथा भद्र व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।
लोकतान्त्रिक आन्दोलनका क्रममा तीन महिना जेल जीवन बिताउनुभएका अध्यक्ष महरले विभिन्न पुस्तक लेख–रचना लेखन तथा सम्पादन गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा एलएलबी शैक्षिक योग्यता हासिल गर्नुभएका अध्यक्ष महर राजनीति सँगसँगै स्कुल अफ डेमोक्रेसीको अध्यक्ष समेत हुनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण