रिसको झोँकमा श्रीमानले श्रीमतीलाई मसला पिस्ने लोहोरो हान्दा...
शुक्रबार, ०३ भदौ २०७३, ११ : १९
सिरहा– आफ्नै श्रीमानले मसला पिस्ने सिलौटोको लोहोरोले हान्दा सिरहामा एक महिलाको ज्यान गएको छ । लहान नपा ६ का विशेश्वर प्रसाद साहले घरायसी विवाद हुँदा रिसको झोँकमा श्रीमती बविता कुमारी साहलाई लोहोरोले प्रहार गर्दा उनको ज्यान गएको हो । बिहिबार लोहोरो प्रहारबाट घाइते साहको उपचारको क्रममा शुक्रबार विहान ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ । लोहोरो प्रहारबाट टाउकोमा गम्भिर चोटलागेको बविताको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार गर्दागर्दै ज्यान गएको हो । उनको शव पोष्टमार्टमाको लागि सोही अस्पतालमा राखिएको छ । लोहोरो प्रहार गर्ने बविताका श्रीमान ३८ वर्षिय विशेश्वर प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण