आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पशुहरुमा हुने दोषपूर्ण विषाक्तता एवं उपचार

सोमबार, २० भदौ २०७३, १६ : ३६
सोमबार, २० भदौ २०७३

देषपूर्ण विषाक्तता : पशुहरुको उत्पादन लिनका लागि अथवा पारस्परिक रिसिबीका कारण जानीबुझी दिइएको विष वा विषालु पदार्थबाट उत्पन्न हुने विषाक्तिलाई द्वेषपूर्ण विषाक्तता भनिन्छ । यस प्रयोजनका लागि प्रयुक्त हुने विष सजिलै उपलब्ध हुने गर्दछन् । प्रायः द्वेषपूर्ण विषाक्तताका लागि निम्न लिखित पदार्थ प्रयोग गर्ने गरिन्छ । राती गेडी : राती गेडीको दानामा एब्रिन नामक विषालु पदार्थ पाइन्छ । विषाक्तता गराउनका लागि यसको दानालाई पानीमा राखेर पिँधेर झोल बनाई सिरिन्जमा राखिन्छ । अनि घाममा सुकाइन्छ । सुकेपछि सुई रुपी विषलाई पशुको मासु भएको भागमा छोपिन्छ । सियो गाडेको भागमा एब्रिन रसाएर फैलिन्छ र विषाक्तता गराउँछ । लक्षण : छोपेको ठाउँमा अति धेरै दुख्ने, सुन्निने, प्रारम्भिक अवस्थामा कडा ज्वरो आउने र पछि गएर सामान्यभन्दा कम हुन्छ । अन्य लक्षण पेटपोल्ने, बान्ता हुने, पखाला लाग्ने, मुटुको धड्कन बढ्ने हुन्छ । अन्त्यमा लरखरिएर हिँड्ने, पक्षघात हुने अनि मृत्यु हुने । उपचार : विषाक्तता उपचार लक्षणका आधारमा सम्भव छ । १. सियो घोचेको ठाउँ पत्तालगाई सियो निकालेर त्यस ठाउँलाई कुनै एन्टिसेप्टिक झोल औषधिले सफा गर्ने । २. पेट सफा गर्न म्याग्नेसियम सल्फेट तथा नुनको मिश्रणको झोल बनाई खुवाउने । ३. विषलाई शरीरबाट बाहिर निकाल्न माथि उल्लेख गरिएको औषधि पिँधेर धुलो पारेको कार्बन मिश्रण गरी दिन सकिन्छ । सङ्खिया : यी विष दुई प्रकारले पशुहरुलाई खुवाइन्छ । पहिले यसलाई खानेकुराजस्तै पीठो, सख्खर वा सातुमा मिलाइन्छ अथवा वा सङ्खियालाई बाक्लो झोल बनाई बाँसको पातलो छेस्को डुबाएर पशुको जिब्रोमा घोचेर लगाइन्छ । लक्षण : सङ्खियाको विषाक्तता विषको मात्रामा भर पर्दछ । अवस्थामा पेट अत्यधिक दुख्ने, लरखराउने, र्याल काढ्ने बान्ता गर्ने, प्यास अत्यधिक लाग्ने, पातलो रगत मिसिएको छेर्ने, पछाडिको खुट्टामा पक्षघात सामान्यभन्दा कम तापक्रम १ देखि ३ दिनमा मृत्यु हुने उपचार : विषाक्तताको मुख्य उपचार ग्रसित जनावरलाई डाइमर केपरोल अथवा बाल नामक चिलेटिङ एजेन्टको इन्जेकसन दिने । जसलाई ३ मिग्रा प्रति केजी शारीरिक तौलअनुसार रगतको नसामा दिने । यो इन्जेकसन पहिलो दुई दिन हरेक ४ घण्टामा दिने, तेस्रो दिन हरेक ६ घण्टामा एवं अर्को दस दिनमा २ पटक दिनुपर्दछ । थायोक्टिक एसिडको हुन्छ । ५० मिग्रा प्रतिकेजी शारीरिक तौलअनुसार मासुमा इन्जेक्सन दिनु उपयुक्त हुन्छ । सोडियम थायो सल्फेट २० देखि ३० ग्राम एमएल पानीमा मिसाएर पिउन दिँदा आशातित फाइदा हुन्छ । यसबाहेक ग्रसित पशुलाई न्यानो तथा आरामदायी ठाउँमा राख्नुपर्दछ । साथै उचित मात्रामा बिरामी न एन्टिबायोटिक्स, दुखाइ कम गराउने औषधि दिनुपर्दछ । कचुला : कचुलाको बीउमा स्ट्रिकनिन नमक विषालु पदार्थ हुने गर्दछ । यसको द्वेषयुक्त विषाक्तताका लागि यसका बीउका दानालाई पिधेर सख्खर पिठो सातु जस्ता खानेकुरामामिसाई पशुशरुलाई खुवाइन्छ । लक्ष्ण : ग्रसित पशुहरुमा बेचैनी, मांसपेशीहरु बाउँडिने तथा घाँटी अररो हुने प्रमुख लक्षण हुन् । जनावर बाह्य उत्तेजनाप्रति बढी संवेदनशील हुन्छन् । गहिरो अनियमित सास फेर्छन् । यस विषक्तताबाट ग्रसित पशुको मृत्यु सामान्यतया स्वसनमांसपेशी बाउँडिने तथा स्वसन प्रणालीमा पक्षघात हुने हुँदा हुन्छ । उपचार : ग्रसित पशुलाई अँध्यारो तथा शान्त ठाउँमा राखी बाह्य उत्तेजनाबाट बचाउनुपर्दछ । पशुको पेटलाई विषमुक्त गर्नका लागि पेटको अमाशय नलीबाट पोटासियम परमेगनेट को ०.१ प्रतिशत झोल अथवा दुई प्रतिशत टैनिक एसिडको पानीको झोलले धुनु पर्दछ । ग्लिसिरिनगुआकोट ११० मि. ग्राम प्रतिकिलो ग्राम शारीरिक तौलअनुसार रगतको नशाबाट दिनुपर्दछ । पहेँलो कनेर लानटाना कमारा : कनेरका बीउ गेडा द्वेषयुक्त विषक्तताको लागि उपयोग गरिन्छ । यसका बियाँ गेडालाई पिँधेर पिठो सख्खर, सातु जस्ता खाने कुरामा मिसाएर खान दिने गरिन्छ । लक्षण : ग्रसित जनावरहरुमा नाडी स्पन्दनमा वृद्धि, आँखाको नानी फैलिने मांसपेशीहरु कमजोर हुनु, अनियमित मुटुको गति, गोबरमा रगत मिसिएको हुनु, अन्तिम अवस्थामा नाडीको स्पन्दनमा कमी, बेहोसी परिवंचरण तन्त्र असफल हुनका कारण जनावरको मृत्यु हुने । उपचार : ग्रसित जनावरको पेटबाट विषबाहिर निकाल्नको लागि म्याग सल्फ एवं नुनको मिश्रणको झोल पिउन दिनु पर्दछ । एन्टिबायोटिकचार झोलको प्रयोग पनि लाभकारी सिद्ध हुन्छ । मरक्युरिककोराइड : यो विष पशुलाई खाने कुरामा मिलाएर खुवाइन्छ । यो विषलाई छालामा हाल्दा पनि विषाक्तता हुन सक्छ । लक्षण : पशुहरुमा कमजोरी, जाडो लागेजस्तो गरी काम्ने, वान्ता मिसिएको पखाला लाग्ने मूत्रअवरोध, छाला चिलाउने, आँखा रातो हुने, आँशु झर्ने यस विषाक्तताका प्रमुख लक्षण हुन् । उपचार : १. यस विषको प्रतिकारकको हाइमरकेपरोल अथवा बालको अत्यन्त लाभकारी सिद्ध हुने गर्दछ । यसलाई ग्रसित जनावरमा ३ मिग्रा प्रतिकेजी शारीरिक तौलअनुसार पहिलो २ दिन प्रत्येक चार घण्टामा तेस्रो दिन प्रत्येक ६ घण्टामा एवं १० दिन प्रत्येक १२ घण्टामा दिनुपर्दछ । २. सोडियम थायो सल्फेटको २० प्रतिशति झोल १० एमएल प्रति ४५ केजी शारीरिक तौलअनुसार रगतको नशाबाट, चार पटक प्रतिआठ घण्टामा डाइमरकेपरौलको साथ दिने । ३. फूलको सेतो भाग एवं एक्टिबेटेड चारकोल पशुलाई खुवाइदा पेटमा भएको विषको उत्तेजना कम गराउन सकिन्छ । सायनाइड : पशुहरुमा यसको द्वेषपूर्ण विषाक्तता सायनो जेनिकगलाइकोसाइडयुक्त बोट विरुवा खुवाउनाले हुन्छ । ज्वार, युकोलिप्टस, कलोबर, तीतो नदाम, आलस आदिमा यो विषालु पदार्थ पाइन्छ । लक्षणः यस विषले विशेषतः श्वसनतन्त्रमा प्रभाव पार्छ । बेचैनी हुनु, गाह«ो गरी तीव्र स्वास फेर्नु, ढलमलिन, मुटुको गति बढनु, र्याल बग्नु अत्यधिक आँसु, आउनु स्वास फेर्न नसकी मृत्यु हुनु । उपचार : १. सोडियम नाइटे«ड २० मिग्राप्रति केजी शारीरिक तौलअनुसार रगतको नशाबाट दिने तथा यसपछि सोडियम थायोसल्फेटको ५०० मिग्राप्रति केजी शारीरिक तौलअनुसार रगतको नशामा दिने । २. गाईहरुलाई भिनेगरको झोल ४ लिटर १२ देखि २० लिटर चिसो पानीमा मिसाएर पियाउँदा लाभप्रद सिद्ध हुने गर्दछ । साथै भिटामिन बी कम्पलेक्स पनि दिनु पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप