बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियालाई अमेरिकाले देखायो आफ्नो ताकतः दक्षिण कोरियामा उडायो दुई लडाकू विमान

बुधबार, २९ भदौ २०७३, १० : ५७
बुधबार, २९ भदौ २०७३

उत्तर कोरियाको तर्फबाट गत शुक्रबार गरिएको पाँचौं परमाणु परिक्षण पछि विभिन्न देशमा तनावको माहोल पैदा भएको छ । परमाणु परिक्षणले चिन्तित दक्षिण कोरियासँग एकता देखाउँदै अमेरिकाका दुई ‘बी–वनबी ल्यान्सर्स’ नामक लडाकू बिमानले मंगलबार दक्षिण कोरियाबाट उडान भर्दै आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

उत्तर कोरियाको सीमाबाट ७७ किलोमिटर टाढा दक्षिण कोरियाको ओसर एयर बेसबाट ती लडाकू विमानले उडान भरेको हो । योभन्दा पहिले सोमबार अमेरिकाको गुआम क्षेत्रमा खराब मौसमका कारण उक्त लडाकू विमानको उडानलाई रद्द गरिएको स्रोतले जानकारी दिखको छ । दक्षिण कोरियाको सरकारी संवाद समिती योनहापका अनुसार अमेरिकाको गुआम क्षेत्रमा तिव्र हावा चलेका कारण उडान रद्द गरिएको हो ।

लडाकू बिमानले ओसान एयर बेसबाट उडान भरेको थियो जुन उत्तर कोरियाको सीमाभन्दा १२० किलोमिटर टाढा छ। यसैबिच ह्वाइट हाउसले एक सूचना जारी गर्दै अन्र्तराष्ट्रिय समूदाय उत्तर कोरियाको विरुद्ध उठेको बताएको छ । बराक ओबामा उत्तर कोरियाको निरन्तरको परमाणु परिक्षण संसारको लागि खतरा भएको मान्छन् ।

यता उत्तर कोरियामा अमेरिकाका विशेष राजदूत सुंग किमले उत्तर कोरियाको गतिविधिहरु अन्र्तराष्ट्रिय मापदण्डको घोर अवहेलना भएको बताउँदै उत्तरको अहिलेको स्थितीलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रले यसविरुद्ध कडा कारवाही गर्नुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप