ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
बुधबार, ०३ असार २०८३, ०९ : ३४
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनान सीमामा हिंसा उल्लेखनीय रूपमा घट्यो
-
केप भर्डेका गोलकिपरको आँसुले हल्लायो अमेरिका : आमालाई भिसा दिन माग
-
इरान–अमेरिका सम्झौतामा ३०० अर्ब डलरको लगानी कोष प्रस्ताव, आधाभन्दा बढी रकम प्रतिबद्ध
-
सुर्खेतमा एक महिला मृत अवस्थामा फेला
-
बोल्सोनारोका छोरालाई जेल सजाय, अमेरिकासँग सहयोग खोजेको आरोप
-
‘दलीय कि निर्दलीय’बारे बहसभन्दा प्रवृत्ति सुधार मुख्य सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण