बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एकै रातमा खाली भएको यो शहरः कुनैबेला एलिजाबेथले घुमेको सुन्दर पर्यटकीय स्थल अहिले कोही जान पाउँदैनन्

बुधबार, २९ भदौ २०७३, १४ : २६
बुधबार, २९ भदौ २०७३

आइल्याण्डको देश भनेर चिनिने साइप्रसको वरोशा शहर कुनैबेला संसारको सबैभन्दा चर्चित पर्यटकीय स्थलको रुपमा सूचिकृत थियो । संसारको सबैभन्दा ठूलो ‘भूताहा शहर’ मध्येको एक बनिसकेपछि अहिले यसको पूरा स्वरुप बदलिएको छ ।

फमागस्ता प्रान्तको यो शहरको जनसंख्या करिब ४० हजार थियो जो टर्कीको सेनाको हमलाका कारण रातारात शून्य भएको थियो । नरसंहारको डरले शहरका सबै मानिसहरु भागेर आसपाससको शहरमा गएर शरण लिएका थिए । टर्कीका सेनाले युरोपेली देश साइप्रसमा ग्रीसका राष्ट्रवादहरुको सत्ता परिवर्तनको विरोधमा हमला गरेका थिए । टर्कीको दाबी अनुुसार हमलाको कारण आइल्याण्डमा रहेका टर्कीका अल्पसंख्यकको सुरक्षा थियो । हमलाको नतिजा यो भयो कि साइप्रस र टर्की साइप्रसको नामले दुई हिस्सामा बाँडियो । जुलाई सन् १९७४ मा भएको यो हमलापछि वरोशा शहर टर्कीको सेनाको कब्जामा रहेको छ । यहाँ टर्कीको पेट्रोलिङ समूहबाहेक कोही पनि आगन्तुकलाई प्रवेश निषेध छ ।

यस हमला पछि साइप्रसको दुबै तर्फको थुप्रै शहरमा मानिसहरु पुनः बसोबास गर्न थाले तर वरोशा जस्ताको तस्तै रह्यो । दुइ हिस्सामा बाँड्ने ‘ग्रीन जोन’को उत्तरमा अवस्थित वरोशामा टर्कीको सेनाले कडा प्रतिबन्ध लगाएको छ । यहाँ रहेका होटल, रेष्टुरेन्ट, गगनचुम्बी भवनलगायत सबैकुरा खण्डहरमा परिणत हुने तयारीमा छन् । यहाँ भित्र जान त टाढाको कुरा बाहिरबाट फोटो लिँदा समेत पक्राउ परिने डर छ ।

वरोशाको समृद्ध दिनमा यहाँको सौन्दर्य अवलोकनका लागि एलिजाबेथ टेलर र ब्रिगिटे बार्डोटले भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप