बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

करिना भन्छिन्, ‘मैले छोरीलाई जन्म दिएँ भने मलाई खुसी लाग्नेछ’

बुधबार, २९ भदौ २०७३, १५ : २९
बुधबार, २९ भदौ २०७३

भारतमा वैश्विक नागरिक आन्दोलनलाई समर्थन गर्न एक कार्यक्रममा पुगेकी करिना कपुरले सन्तानको रुपमा छोरीको जन्म भए आफू निकै खुसी हुने बताएकी छिन् ।

उनले भनिन्, ‘म पनि सन्तानको रुपमा एक छोरी हुँ र म पनि एक छोरीलाई नै सन्तानको रुपमा पाए खुसी हुनेछु । मैले आफ्नो आमा–बुवाको लागि सायद एक छोराले भन्दा धेरै गरेकी छु,’ करिनाले भनिन् । ‘महिला मात्र एउटा यस्तो प्राणी हो जसले आफ्नो शरिरमा एउटा प्राणीलाई हुर्काउने अधिकार पाएकी हुन्छिन् ।’

वैश्विक नागरिक आन्दोलन इन्डियाको उद्घाटन मुम्बईमा आउँदो नोभेम्बर १९ तारिखमा गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप