बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कुनैबेला पिसिओमा काम गर्ने कपिल शर्मा कसरी बने करोडपती

शुक्रबार, ३१ भदौ २०७३, ०९ : १९
शुक्रबार, ३१ भदौ २०७३

भ्रष्टाचारको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गरेर ट्वीट गर्ने हाँस्यकलाकार कपिल शर्मा आजकाल विवादमा मुछिएका छन् । कपिलले आफ्नो अफिसको निर्माणका लागि बीएमसीमाथि भ्रष्टाचारको आरोप लगाएका कपिलको मुम्बईमा एउटा निकै आलिशान भवन छ । तर कुनैबेला उनको जीवनमा त्यस्ता दिन आए जतिबेला उनीसँग खानको लागि मिठो खानेकुरा थिएन, लाउनको लागि राम्रो लुगा थिएन न त बस्नको लागि राम्रो ओत दिने बासस्थान नै ।

अहिले कपिल शर्माले एक चर्चित र सफल कलाकारको पहिचान बनाइसकेका छन् । उनीसँग बंगला छ, कार छ र पर्याप्त बैंक ब्यालेन्स पनि । कपिल शर्माले ट्वीटरमार्फत यो जानकारी दिएका छन् कि उनले पछिल्लो तीन वर्षमा २४ करोड ट्याक्स दिएका छन्, यसको अर्थ यो हुन्छ कि उनको कमाई कम्तीमा पनि १२८ करोडको कमाई त हुन्छ नै ।

टेलिभिजन कार्यक्रममा कपिल शर्मा निकै रुचाईएका हाँस्यकलाकार हुन् । टेलिभिजनको इतिहासमा उनी पहिलो यस्तो कलाकार हुन् जसले सुपरस्टारको दर्जा पाएका छन् । बलिउडका ठूला भनिने कलाकार, सलमानदेखि शाहरुखसम्म सबै उनको कार्यक्रममा पाहुना बनेर आउने गर्दछन् ।

उनलाई फोर्ब्स म्यागजिनले १०० प्रभावकारी मानिसको सूचीमा समावेश गरेको छ । कपिल थुप्रै बलिउड कलाकाभन्दा धेरै कमाई गर्दछन् । आफ्नो एक कार्यक्रमका लागि कपिलले ९६ देखि १२८ करोड रुपैयाँसम्म लिने गर्दछन् ।

तर उनको जीवन अहिलेजस्तो सम्पन्न थिएन। यस्तो समय पनि थियो जब कपिल १५ वर्षको उमेरमा आफ्नो खर्च उठाउनका लागि पीसीओमा काम गर्दथे । यहाँसम्म कि आफ्नो घरको खर्च चलाउनका लागि उनले ट्युशन पनि पढाएका थिए । सन् २००४ मा कपिलको बुवाको क्यान्सरका कारण मृत्यु भएपछि उनको घरको आर्थिक अवस्था निकै खस्किएको थियो ।

अमृतसरमा ससाना कार्यक्रम गर्दागर्दै कपिल मायानगरी मुम्बई पुगे । त्यहाँ कपिलले इन्डिया लाफ्टर च्यालेन्जमा भाग लिने मौका पाए । कपिलले यो कार्यक्रममा भारत र पाकिस्तानका थुप्रै महारथीलाई पछार्दै उक्त कार्यक्रमको उपाधि बाजी मारे ।

त्यसपछि कपिलले थुप्रै कार्यक्रमहरु गर्दा गर्दै सानो पर्दाको कमेडी किंग बने । यसका साथै उनले बलिउडमा पनि पाइला टेके । गत वर्ष उनको फिल्म ‘किस किसको प्यार करुँ’ रिलिज भएको थियो । चाँडै नै उनको अर्को फिल्म पनि रिलिज हुने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप