सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट
पाँचथर । फिदिम नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीबाट वितरण गर्नेभएको छ ।
सदरमुकाम फिदिममा रहेका सरकारी तथा व्यावसायिक दशवटा बैंकमा धमाधम खाता खोल्ने कार्य भइरहेको छ । फिदिम नगरपालिका–१ का सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिले फेवा विकास बैंक, वडा नं– २ का लागि राष्ट्रिय वाणिज्य बैंक, वडा नं – ३ का लागि एनएनबि वैंक, वडा नं– ४ का लागि माछापुच्छ्ररे बैंक र वडा नं– ५ का लागि नेपाल बैंक लिमिटेडमा खाता खोल्ने व्यवस्था गरिएको छ ।
यसैगरी फिदिम नगरपालिका– ६ का लागि कृषि विकास बैंक, वडा नं– ७ का लागि सप्तकोसी बैंकमा, वडा नं– ८ का लागि एसविआई बैंक, वडा नं– ९ का लागि ग्लोबल आइएमई बैंक र वडा नं– १० र ११ का लागि सिभिल बैंकमा खाता खोल्ने व्यवस्था गरिएको कार्यालय प्रमुख काजीमान राईले बताए ।
बैंकमा आएर खाता खोल्न नसक्ने अतिअशक्त वृद्धवृद्धालाई भने नगरपालिका, वडा नागरिक मञ्च, सामाजिक परिचालिकासित आवश्यक छलफल गरेर पायक पर्ने स्थानमा बैंकका प्रतिनिधि गएर खाता खोल्ने व्यवस्था गरिने छ । आगामी असोज १५ गतेसम्ममा बैंकमा खाता खोली सक्नुपर्ने छ । अहिले फिदिम नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने एक हजार १५१ जना रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल टेक्न नपाएकी गमता छाउप्रथाविरुद्ध विद्रोह गर्दै बनिन् राज्यमन्त्री
-
मुम्बई इन्डियन्समाथि लखनउको सहज जित
-
श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म विकास र रूपान्तरण सम्भव छैन : प्रदेश प्रमुख परियार
-
संविधान बमोजिम श्रमिकको हक, हितको प्रबन्ध गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे
-
रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट
-
अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ