अनिशा बनिन् मिस लोयल्टी
काठमाडौं । अनिशा रिजालले पाँचौं मिस लोयल्टीको उपाधि जितेकी छन् । मण्डीखाटारस्थित लोयल्टी एकेडेमीको पूर्व विद्यार्थीहरुको संगठन लोयल्टी एल्मुनाई एसोसिएसनद्वारा आयोजित मिस लोयल्टीको ग्रान्ड फिनालेमा १६ प्रतिद्वन्द्वीलाई पछि पार्दै अनिशाले उपाधि हात पारेकी हुन् ।
लोयल्टीमा अध्ययनरत कक्षा ७ देखि ९ का छात्राहरुले प्रतिस्पर्धामा सहभागी जनाएका थिए । पहिलो चरणमा ६५ छात्रा सहभागी थिए । त्यसमध्येबाट उत्कृष्ट १६ ले मुख्य उपाधि मिस लोयल्टीका प्रतिस्पर्धा गरेका थिए ।
लिजा घिमिरेले पहिलो रनर अप र स्मृति परियारले दोश्रो रनर अपको उपाधि हात पारे । अनिशाले २० हजार ४ सय, लिजाले ९ हजार र स्मृतिले ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
नायिका र नाटकार सिर्जना सुब्बा, नाटकार बुद्धि तामाङ, नायिकका एवं मोडल निती शाह, निसामाङ लिम्बूलगायतको निर्णायक मण्डलले मिस लोयल्टीको चयन गरेको हो । विजेतालाई लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, संस्थापक निर्देशक नन्द सुब्बालगायतले पुरस्कृत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण