बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु ४ घाइते

शुक्रबार, ३१ भदौ २०७३, १४ : ३४
शुक्रबार, ३१ भदौ २०७३

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकास्थित राम्चे रातुखोलामा ट्र्याक्टर दुर्घटना हुँदा सह–चालक सिन्धुली लाङपाङटारका नविन कार्कीको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

सदरमुकाम मन्थलीबाट बिजुलीको तार र खानेपानीको पाइप बोकेर मन्थली नगरपालिकाको बडिमुहानतर्फ जाँदै गरेको ना ५ त ७७५८ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परि ट्र्याक्टरमा सवार रहेका मन्थली नगरपालिका १३ का काजीदाश श्रेष्ठ, बाबुराम वि.क, शम्भु रम्तेल र निलहरी राम घाइते भएका छन् ।

घाइते मध्ये काजीदाश श्रेष्ठ र बाबुराम विक दुवैको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात भाँच्चिएको छ । यस्तै, शम्भु रम्तेलको हात भाँच्चिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

दुर्घटनामा परेको ट्र्याक्याटर सडकबाट करिब एकसय मिटर तल झरेको थियो । दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप