ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु ४ घाइते
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकास्थित राम्चे रातुखोलामा ट्र्याक्टर दुर्घटना हुँदा सह–चालक सिन्धुली लाङपाङटारका नविन कार्कीको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
सदरमुकाम मन्थलीबाट बिजुलीको तार र खानेपानीको पाइप बोकेर मन्थली नगरपालिकाको बडिमुहानतर्फ जाँदै गरेको ना ५ त ७७५८ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परि ट्र्याक्टरमा सवार रहेका मन्थली नगरपालिका १३ का काजीदाश श्रेष्ठ, बाबुराम वि.क, शम्भु रम्तेल र निलहरी राम घाइते भएका छन् ।
घाइते मध्ये काजीदाश श्रेष्ठ र बाबुराम विक दुवैको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात भाँच्चिएको छ । यस्तै, शम्भु रम्तेलको हात भाँच्चिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
दुर्घटनामा परेको ट्र्याक्याटर सडकबाट करिब एकसय मिटर तल झरेको थियो । दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण