बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयताको बिरोध नगर्न ५० करोडको लोभ देखाए: चित्रबहादुर केसी

शुक्रबार, ३१ भदौ २०७३, १४ : ५२
शुक्रबार, ३१ भदौ २०७३

सउल । राष्ट्रिय जनमोर्चा नेपालको भातृसंगठन दक्षिण कोरिया नेपाली समाजको पहिलो अधिवेशन उद्घाटन गर्न कोरिया आएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आफूलाई एमाले नेताहरुले संघीयताविरुद्ध नबोलेमा ५० करोड दिने लोभ देखाएको खुलासा गरे ।

कुनैपनि हिसाबले संघीयता नेपालमा आवश्यक नभएको भन्दै संघीयताको बिरोध गर्दैद अध्यक्ष केसीले भने, ‘संघीयताले जातीय र क्षेत्रीय द्वन्द्व बढाएको छ । आफूलाई संघीयताको पक्षमा नबोले १४ दिनभित्र सिध्याईदिने धम्की दिएको र संघियताको पक्षमा बोल्न एमालेले ५० करोडको आश्वासन दिएको सनसनीपूर्ण खुलासा गरे ।

नयाँ जोस र जाँगरमा रहेका हज्जारौं युवालार्इ अर्काको देशमा देख्दा दुखी भएको उनले बताए। देश बनाउने युवा यसरी पलायन हुँदा कसरी देश बन्छ ? अध्यक्ष केसीले प्रश्न गरे । एउटा देश चलाउन नसकेकाहरुले १४ वटा प्रदेशको प्रस्ताव राखे ।

थरिथरिका उखानटुक्का हाल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले नेपालमा संघीयता हुनै नसक्ने बताए ।

तराईका २० वटा जिल्ला अलग गर्ने, पहाड, हिमाल, तरार्इ सबै ठाउँको एकरुप नेपाललाई संघीयताका नाममा टुक्राएर समस्या निम्त्याईएको पनि उनको आरोप थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप