बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइक, स्कूटरदेखि टिभीसम्म जित्ने अवसर

शुक्रबार, ३१ भदौ २०७३, १५ : १४
शुक्रबार, ३१ भदौ २०७३
 काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी प्रभु मनी ट्रान्सफरले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । ‘प्रभु लक्की सेभेन’ नामक उक्त कार्यक्रम असोज १ गतेदेखि कात्तिक २० गतेसम्म लागु हुने कम्पनीले बताएको छ । विदेशबाट पैसा पठाउँदा प्राप्त हुने संकेत नम्बर (पिन नम्बर) लाई लक्की ड्रमा समावेश गरी भाग्यशाली बिजेता छानिनेछ । हरेक साता विजेता ग्राहकको नाम कम्पनीको वेबसाइटमा समावेश गरिनेछ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने जानकारी दिइएको छ । पहारमा यामाहाको मोटरसाइकल, स्कूटर, टिभी, मोबाइललगायत सयौंको संख्यामा रिचार्ज कार्ड समावेश छन् । उपहारहरुः १. बम्पर उपहारः यामाहाको सालुटो बाइक – १ थान यामाहाको रे–जेड स्कूटर – १ थान २. हरेक हप्ता (१/१ थान) एलइडी टिभी डिस होम मोबाइल सेट ३. हरेक दिन (३३६ वटा) सात जनालाई एनटीसी/एनसेलको २०० को रिचार्ज कार्ड ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप