बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर पीडित पूर्वराष्ट्रपति यादव अमेरिका प्रस्थान

आइतबार, ०२ असोज २०७३, ०९ : २४
आइतबार, ०२ असोज २०७३

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।

यादव आइतबार ९ बजेको विमानबाट अमेरिका उडेका छन् ।

नेपाल तथा भारतका विभिन्न स्वास्थ्य संस्थाहरूमा गराइएको परीक्षणले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटमा ट्युमर ९क्यान्सर० भएको पाइएपछि चिकित्सकको सल्लाअनुसार अमेरिकाको मिचिगन राज्यको डेट्रोइट शहरमा अवस्थित हेनरी फोर्ड अस्पतालमा उपचार गरिने भएको छ । उनको आगामी असोज १० गते शल्यक्रिया हुने तय भएको छ ।

उनको साथमा उनका छोरा डा।चन्द्रमोहन यादव, छोरी अनिता र एक सुरक्षाकर्मी छन् । उनी उपचार सकेर एक महिनापछि फर्कने कार्यक्रम छ । डा।यादवको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

सरकारले यादवको उपचारका लागि ६० लाख पेश्कीस्वरुप दिने निर्णय गरेको थियो । उनले भने तीन करोड माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप