क्यान्सर पीडित पूर्वराष्ट्रपति यादव अमेरिका प्रस्थान
आइतबार, ०२ असोज २०७३, ०९ : २४
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
यादव आइतबार ९ बजेको विमानबाट अमेरिका उडेका छन् ।
नेपाल तथा भारतका विभिन्न स्वास्थ्य संस्थाहरूमा गराइएको परीक्षणले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटमा ट्युमर ९क्यान्सर० भएको पाइएपछि चिकित्सकको सल्लाअनुसार अमेरिकाको मिचिगन राज्यको डेट्रोइट शहरमा अवस्थित हेनरी फोर्ड अस्पतालमा उपचार गरिने भएको छ । उनको आगामी असोज १० गते शल्यक्रिया हुने तय भएको छ ।
उनको साथमा उनका छोरा डा।चन्द्रमोहन यादव, छोरी अनिता र एक सुरक्षाकर्मी छन् । उनी उपचार सकेर एक महिनापछि फर्कने कार्यक्रम छ । डा।यादवको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
सरकारले यादवको उपचारका लागि ६० लाख पेश्कीस्वरुप दिने निर्णय गरेको थियो । उनले भने तीन करोड माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण