बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बस र पोल बिच फस्यो युवकको गर्धन, निकै तड्पिएपश्चात् मृत्यु

आइतबार, ०२ असोज २०७३, १३ : ४३
आइतबार, ०२ असोज २०७३
भारतको इन्दौरस्थित खंडवामा एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एक मानिस बस र पोलका अड्किएपछि उनले निकै तड्पिएर ज्यान गुमाएका छन् । ३० जनाभन्दा बढि मानिसहरु सवार रहेको उक्त बसमा ती युवक निकै बेरसम्म अड्किए तर चाहेर पनि उनको कसैले पनि ज्यान बचाउन सकेन । एमपी–३७ पी–०११९ नम्बरको बस स्थानीय खंडवादेखि मुदीसम्म जाँदै थियो । यात्राकै बिचमा पुलिया भन्ने स्थानमा जाम देखेपछि ड्राइभरले आफूसँगै बसेका सचिन पिता हरलाल (३२) लाई  ओर्लिएर बसको अगाडिको पाङ्ग्रामा ढुङ्गा राख्नको लागि अह्राए ता कि बस पछाडि नचिप्लियोस् । – सचिन अर्को बसका सहयोगी थिए । बसका ड्राइभर अनवरसँग उनको राम्रो सम्बन्ध थियो । उनी यो बसमा सवार भएर मूंदीस्थित आफ्नो घर जाँदैथिए । अनवरको बसमा कोही सहयोगी थिएनन् त्यसकारण ड्राइभरले उनलाई ओर्लिएर ढुङ्गा राख्न आग्रह गरेका थिए । – आग्रहलाई स्विकार गर्दै सचिन पाङ्ग्रामा ढुङ्गा राख्दै थिए त्यति नै बेला अचानक बसको ब्रेक फेल भयो र निकै रफ्तारमा पछाडि गुड्यो । बस पछाडि गुडेपछि सचिनको गर्धन बस र पोलका बिचमा निकै नराम्रो तरिकाले फस्यो । उनी चिच्याएको सुनेपछि बसमा सवार मानिसहरु निकै आत्तिएर बाहिर निस्किए । बाहिरको स्थिती देखेर धेरै मानिसको होस उड्यो । – एक प्रत्यक्षदर्शी मो.अलिमका अनुसार सचिन यति नराम्रो सँग अड्किएका थिए कि मानिसले के गर्ने भन्ने बारे सोच्नै सकेनन् । उनको हात, पेट र मुखबाट रगत आइरहेको थियो । उनलाई कसैले बचाउनु पूर्व नै उनको मृत्यु भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप