राती सुत्नुभन्दा अघि नगर्नुहोस् यी गल्ती, बढ्नेछ तौल
राती सुत्नुभन्दा पहिले गरिने केही गल्तीले हाम्रो तौल बढ्ने गर्छ । आज त्यही गल्तीबारे हामी जानकारी दिँदै छौं ।
धेरै पानी पिउनुः सुत्नुभन्दा पहिले आवश्यकभन्दा बढि पानी पिउँदा पटक–पटक बाथरुम जानुपर्ने हुन्छ जसले निन्द्र खल्बलाउँछ । यस्तो हुँदा तौल बढ्दै जान्छ ।
बत्ती बालेर सुत्नेः राती बत्ती बालेर सुत्दा मेलाटनिन हर्मोन कम बन्ने गर्दछ । यसले निन्द्रा कम लाग्छ र तौल बढ्छ ।
राती अबेरसम्म उठ्नुः राती कम्तीमा पनि ७ घण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईंको तौल बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ । यसले तौलमा समस्या निम्त्याउँछ ।
गलत कपडाः राती सुत्दा लगाउने पहिरन यदि सजिलो छैन भने मज्जाले निन्द्रा लाग्दैन । यसले तौल बढाउने हर्मोनलाई सक्रिय बनाउँछ ।
गलत तापक्रमः सुत्नेबेला रुमको तापक्रम तातो हुँदा बोसो पगाल्ने हर्मोनको स्तरमा कमी आउँछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ । कोठाको तापक्रम चिसो राख्नुहोस् ।
कफी पिउनुः राती सुत्नुभन्दा पहिले कफी पिउँदा यसमा पाइने क्याफेनले दिमागलाई एक्टिभ बनाउँछ । यसले समयमा नै निन्द्रा लाग्न रोक्छ जसले तौल बढ्छ ।
व्यायामः राती सुत्नुभन्दा पहिले व्यायाम गर्दा निन्द्रा लाग्ने मेलाटनिन हर्मोन कम बन्ने गर्दछ । राती व्यायाम नै गर्नु छ भने सुत्नुभन्दा १ घण्टा पहिले गर्नुहोस् ।
हाई क्यालोरी फुडः भात, आलू र गुलियो खानेकुरामा क्यालोरी निकै धेरै हुन्छ । यदि राती सुत्नुभन्दा पहिले यसको सेवन धेरै गर्नुहुन्छ भने तपाईंको तौल तीब्र रुपमा बढ्ने गर्दछ ।
खाने समयः खानेबत्तिकै सुत्नुभयो भने खाना ट्राइग्लिसराइड्समा परिवर्तन हुन्छ । यसले तौल बढ्न थाल्छ ।
रक्सी पिउनुः सुत्नुभन्दा पहिले रक्सी पिउँदा कार्टिसोल नामक स्ट्रेस हर्मोन बन्न थाल्छ । यसले निन्द्रा नलाग्ने हुँदा तपाईंको तौल बढ्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण