आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाक्टरका टिप्सः तिहारमा रोटी खाँदा गर्भवतीले ख्याल गर्नुपर्ने यी पाँच कुरा

आइतबार, १४ कात्तिक २०७३, ११ : ०४
आइतबार, १४ कात्तिक २०७३

– सेलरोटी गर्भवतीको लागि कुनै पनि अवस्थामा राम्रो मानिँदैन । रोटी, मिठाइ वा अचार खाएर बिरामी भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्छ ।

– ‘ओभर इटिङ्ग’ कहिल्यै पनि गर्नुहुँदैन र खाली पेट पनि बस्नु हुँदैन । तारेको खाना खाँदा ख्याल गर्नुपर्छ । आफूले यतिसम्म पचाउन सक्छु भन्ने हिसाब गरेर मात्र तिहारमा पकाइने रोटी र मिठाइहरु खानुपर्छ ।

– गर्भवती अवस्थामा झाडा लाग्यो भने औषधी प्रयोग गर्न सकिँदैन । त्यसैले सकेसम्म झाडा लाग्न वा अरु कुनैपनि रोग लाग्नबाट सुरुमा नै सतर्क रहनुपर्दछ ।

– गर्भावस्थामा औषधी प्रयोग गर्दा त्यसको साइड इफेक्ट बच्चामा पर्न सक्छ । आमाले खाएको औषधीकै कारण बच्चा लुलो, लङ्गडो, अपाङ्ग वा सुस्त मनस्थितीको जन्मिन सक्छ । त्यसैले रोग लागेर औषधी गर्नु भन्दा रोगको बाटो छेक्नु नै वेश हुन्छ ।

– १२ हप्तासम्मका गर्भवतीालाई ‘मर्निङ सिक्नेश’ हुने, वाकवाकी लाग्ने र रिंगटा लाग्ने समस्या हुन्छ । त्यसैले छिटो पच्ने र आफूलाई आराम हुने खालका खानेकुरा मात्र खानुपर्छ । यस्ताबेला अपच हुने, पिरो र अमिलो खाने कुराहरु खानु हुँदैन । जुन कुराले बान्ता गराँउछ । त्यो खाना खानु हुँदैन । मुख बार्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप