छाला फुस्रो हुन नदिने ४ टिप्स
जाडोमा अधिकांशको समस्या हुन्छ, छाला फुस्रो हुने । तुलनात्मक रूपमा सुक्खा छाला भएकालाई जाडोमा यो समस्याले झन् बढी सताउँछ । चिल्लो छाला हुनेलाई पनि नुहाएपछि छाला फुस्रो हुने खतरा निम्तिन सक्छ । त्यसो भए जाडोमा छाला फुस्रो हुनबाट कसरी जोगिने ? कस्ता कुरामा ध्यान दिन सके छालाको कोमलता र चिल्लोपन कायम राख्न सकिएला ? महिला र पुरुष दुवैलाई उपयोगी हुने चार आइटम
हनी प्याक
जाडोमा छालाका लागि हनी प्याक निकै उत्तम हुन्छ । मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर लगाउँदा जाडोको छालालाई फाइदा गर्छ । प्याक लगाएर सुकेपछि नुहाउनाले छाला रुखो हुन दिँदैन । नुहाउनुअघि अर्थात् हप्तामा दुई–तीनपटक हनी प्याक प्रयोग गर्नु लाभदायी हुन्छ । तर, छाला धेरै नै आयली छ र धेरै फुस्रो हुँदैन भने हनी प्याक नलगाउँदा नै हुन्छ । यस्तो छालालाई नुहाएपछि हल्का मोस्चराइजर गरे पुग्छ ।
बदामको तेल
जाडोमा निम्तिने छालाको फुस्रोपनबाट टाढै रहन छालामा तेल अत्यावश्यक पर्छ । तर, जुन पायो त्यही तेल सकेसम्म प्रयोग नगर्नुहोला । बदामको तेल उपयुक्त हुन्छ । विकल्पमा जैतुनको तेल (ओलिभ आयल) लगाउन पनि सक्नुहुन्छ । तेलका केही थोपा पानीमा मिसाएर नुहाउन पनि सक्नुहुन्छ या नुहाउनुअघि शरीरमा घस्न सक्नुहुन्छ ।
घ्युकुमारी/नीम जाडोमा नुहाउँदा प्रयोग गरिने साबुनले पनि छालालाई थप फुस्रो बनाउन भूमिका खेल्छ । छालामा सकेसम्म साबुन प्रयोग नगर्नु नै राम्रो हुन्छ । अझ बास्नादार साबुन त रोज्दै नरोज्नुहोस् । यस्ता साबुनमा केमिकल हुने भएकाले छाला फुस्रो बनाउन भूमिका खेल्छ । छाला फुस्रो हुन नदिन घ्युकुमारी या नीम उपयुक्त हुन्छ । यिनलाई प्याकको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । नुहाउँदा साबुन प्रयोग गर्ने नै भए पनि घ्युकुमारी र नीम रोज्नुहोला ।
मोस्चराइजर
छाला फुस्रो हुन नदिन मोस्चराइजर आवश्यक पर्छ । कपडाले नढाकिने तथा अनुहारको छालामा त दैनिक मोस्चराइजर गर्नैपर्छ । कपडाले ढाकिने शरीरको पूरै छालामा हप्तामा दुई–तीनपटक मोस्चराइजर गर्नु जरुरत हुन्छ । हरेकपटक नुहाएपछि मोस्चराइजर गर्न अल्छी गर्नुभयो भने छाला फुस्रो हुने जोखिममा पर्नुहुन्छ । शरीरमा फुस्रोपन देखिनेबित्तिकै जुनकुनै वेला पनि मोस्चराइजर प्रयोग गर्नुहोस् ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण