डाक्टरका कुरा : जाडोमा दमबाट कसरी बच्ने ?
शुक्रबार, १९ कात्तिक २०७३, १२ : ४९
चिसो बढेसँगै रुघाखोकी, टन्सिल संक्रमण, फ्लु, विन्टर डाइरिया गराउनेजस्ता सरुवारोगहरू लाग्न सुरु हुन्छ । यो समयमा मुटु, जोर्नी तथा फोक्सोका दमजस्ता नसर्ने दीर्घ रोग भएका बिरामीलाई बढी प्रभावित पार्छ । जाडो सुरु भएपछि दमको उपचार गर्नेको संख्यामा पनि ह्वात्तै वृद्धि हुने गर्छ ।
सामान्यतया सास फेर्न गाह्रो हुने तथा घ्यार्रघ्यार्र आवाज आउनुलाई दम भनेर बुझिन्छ । फोक्सोको श्वासनली विभिन्न कारणले गर्दा खुम्चिन गई श्वासप्रश्वासमा अवरोध आउने अवस्थालाई दम भएको बुझिन्छ । नेपालमा दमको बारेमा खासै विस्तृत र वैज्ञानिक अनुसन्धान भएको छैन । तर, ठूला तथा साना अस्पतालहरूमा दमका लक्षण लिएर आएका बिरामीबाट रोगीको संख्या अत्यधिक रहेको थाहा हुन्छ ।
लक्षणहरू
छाती घ्यार्रघ्यार्र गर्ने, सास फेर्न गाह्रो हुनु ।
छाती कस्सिएको अनुभव हुनु , खोकी खासगरी राति र बिहानै आउने गर्छ ।
यी लक्षण कसैलाई कडा त कसैलाई सामान्य हुन्छ । कसैलाई छिटोछिटो केही मिनेटको अन्तरालमा दम हुन्छ भने कसैलाई केही दिन बिराएर हुन्छ ।
दम हुने कारण
प्रदूषित हावा, धुम्रपान ।
धुलो, खानामा कुनै रसायनको मिसावट हुनु, घरपालुवा जनावर इत्यादि ।
अचानक मौसम परिवर्तन हुनु ।
व्यायाम गर्दा ।
औषधिहरू (जस्तै उच्च रक्तचापमा प्रयोग हुने, नदुख्ने औषधिहरू आदि) ।
डर र त्रास ।
पफ्र्युम ।
पेटको समस्या ।
संक्रमण जस्तै– फ्लु, रुघाखोकी, निमोनिया आदि ।
कसरी बच्ने ?
दम नियन्त्रण गर्ने (औषधि प्रयोग गरेर) वा हुन नदिने उपाय अपनाउनुपर्छ ।
दम नियन्त्रण गर्ने विभिन्न औषधि बजारमा पाइन्छ । तर, यी सबै औषधि चिकित्सकको सल्लाहअनुसार मात्र किनेर प्रयोगगर्नुपर्छ ।
अर्को कुनै रोग लागेर औषधि प्रयोग गर्नुपरे चिकित्सकलाई आफ्नो स्वास्थ्यसम्बन्धी अवस्था र प्रयोग गरिरहेको औषधिबारे जानकारी गराउनुपर्छ । त्यस्तै, आफूलाई के कारणले दम बढ्ने गर्छ भन्ने पत्ता लगाएर त्यसबाट बच्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण