खानाबार : शिक्षण पेशा छाडेर जन्मियो ओरेन्ज क्याफे
काठमाडौ– ललितपुरस्थित कुपनडोल चोकबाट केही पर छ ओरेन्ज क्याफे । ओरेन्ज क्याफे सञ्चालनमा आएको ठ्याक्कै ३ वर्ष भयो । यदि तपाईं नयाँ नयाँ परिकार र स्वादिष्ट खानाका पारखी हुनुहुन्छ भने ओरेन्ज क्याफे तपाईंको राम्रो गतव्य बन्न सक्छ र यसका सञ्चालक हुन्, सन्तोष ढकाल ।
सन्तोष ढकाल कुनै होटल म्यानेजमेन्टका विद्यार्थी होइनन् न त पुर्खौदेखि होटल व्यवसायमा आबद्ध भएका हुन् तर उनको रेष्टुरेन्ट खोल्नुको पछाडि रमाइलो कथा छ । उनी एक अंग्रेजी विषयका शिक्षक हुन् ।
सन् २००७ मा उनी अंग्रेजी विषयमा मास्टर गर्न युरोपको आयरल्यान्ड देशमा पढ्न गए । आयरल्यान्डमा पुगेर उनका संघर्षका दिनहरु सुरु भए । जीवीकोपार्जनका लागि उनले त्यहाँका रेष्टुरेन्टमा काम गर्ने थाले, किचन पोर्टरको ।
त्यहाँ उनको मिहिनेत देखेर ३÷४ महिनामा वेर्टस भएर काम गर्ने थाले र केही वर्षपछि एउटा इटालियन इन्डियन रेष्टुरेन्टमा म्यानेजर भए । उनी भन्छन्– वेटर भएर काम गर्दा नै मलाई खानाको रङहरुबारे र खानामा प्रयोग हुने मरमसालाबारे चासो थियो । अझ युरोपियनहरुको खानाप्रतिको धारणाले मलाई खानाप्रति झन् आर्कषित गरायो । उनी २०१२ मा नेपाल फर्के तर शैक्षिक पेसामा आबद्ध हुन सकेनन् र रेष्टुरेन्ट नै खोल्ने विचार गरे ।
युरोपमा देखे सिकेका कुरा उनले ओरेन्ज क्याफेमा लगाएका छन् । यो क्याफे झन्डै २० लाखको लगानीमा खोलिएको हो । झाँनेको मःम, ओरेन्ज क्रिस्पी पोटेटो, चिकन जिन्जर, मःम सिज्लर यहाँका स्पेशल परिकारमा पर्छन् । यहाँ बनाइने सम्पूर्ण परिकार अजिनोमोटोरहित हुन् र स्वास्थ्यलाई ध्यानमा राखेर बनाइन्छन् । यहाँ जम्मा–जम्मी ८ जना स्टाफ रहेका छन् र पर्किङको पनि राम्रो सुविधा रहेको छ । यो रेष्टुरेन्ट बिहान १० बजेदेखि बेलुकाको ८ः३० बजेसम्म खुल्छ र चाँडै नै यस रेष्टुरेन्टले आफ्नो नयाँ आउटलेट कुमारीपाटीमा खोल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण