के हो चाउरी, कसरी बच्ने ?
शनिबार, २७ कात्तिक २०७३, १४ : २७
प्रायः बुढ्यौली लागेपछि छालामा चाउरी पर्न थाल्छ । तर, कतिपय व्यक्तिको युवावस्थामै पनि चाउरी पर्न थाल्छ । चाउरी परेपछि बाहिरी सौन्दर्यमा ह्रास आउँछ । यसको तनावमा युवा नै बढी हुन्छन् । किनभने युवावस्थामै सौन्दर्य गुमेको स्वीकार्न गाह्रो पर्छ । आखिर के कारणले छाला चाउरी पर्छ ? युवावस्था र बुढ्यौलीमा छाला चाउरिने कारण एउटै हो ? चाउरी नियन्त्रण गर्न के गर्ने ? स्किन प्रोफेसनल पभी गुरुङले सबै जिज्ञासाको जवाफ दिएकी छिन्ः -
युवाको छाला चाउरिने कारण
छालाको बाहिरी तहमा हुने डिहाइड्रेड (पानीको भागको कमी)ले युवाको छालामा मसिना धर्काहरू देखिने गर्छ । चिसो हावाले हानेको वेला, चर्को घाममा निस्किएको वेला, अप्राकृतिक तरिकाले छोटो समयमा धेरै तौल घटाउँदा यस्तो समस्या निम्तिने गर्छ । यस्ता धर्का अर्थात् चाउरीका कारण कैयौँ युवा–युवती तनावमा भएको पाइन्छ । तर, यो अवस्थामा तनावभन्दा केही सजगता अपनाए समस्याबाट मुक्ति मिल्छ । -
समस्याको समाधान गर्ने तरिका
युवाअवस्थामा देखिएको चाउरी हटाउन छालाको बाहिरी तहमा आवश्यक पानीको मात्रा पूर्ति गर्नु नै उत्तम उपाय हो । यो कुनै जटिल काम पनि होइन । चिसो हावा र चर्को घाम दुवैबाट छालालाई जोगाउनुपर्छ । तौल घटाउँदा प्राकृतिक तरिका अपनाउनुपर्छ । खानामा पनि कन्ट्रोल गर्दै कसरतबाट विस्तारै–विस्तारै घटाउनुपर्छ । छालामा पानीको ब्यालेन्स मिलाउन विशेष ट्रिटमेन्ट गर्न सकिन्छ । तातोपानी तथा साबुनपानीले मुख धुनु हुँदैन । फेसवास गर्न सकिन्छ तर धेरै नगर्ने । क्लिन्जिङ या डिप क्लिन्जिङ गर्ने । छालामा मोस्चराइजर लगाउने गर्नुपर्छ । छालाको भित्री भागसम्म हाइड्रेड र कोलाजिन कन्ट्रोल गर्ने अल्ट्रासाउन्ड मेसिन प्रयोग गर्न पनि सकिन्छ ।
बुढ्यौली छाला चाउरिने कारण बुढ्यौलीमा चाउरी पर्ने कारण छालामा पानीको भाग कम भएर होइन । कोलाजिन र इलास्टिसिटीले बनेको छालाभित्रको रेड्युकल्ली लेयरमा समस्या भएपछि चाउरी पर्छ । कोलाजिन र इलास्टिसिटी नै मर्दै गएपछि चाल्नोजस्तो रेड्युकल्ली लेयर लुज हुँदै गएर छाला झोलिएर चाउरी पर्ने गर्छ । रेड्युकल्ली लेयरमा समस्या देखिएपछि बाहिर चाउरी नदेखिँदै छाला झोलिएको महसुस हुन्छ । यस अवस्थामै ट्रिटमेन्ट गर्नु सबैभन्दा उत्तम हुन्छ ।
समस्याको समाधान गर्ने तरिका
बुढ्यौलीको चाउरीको उपचारका लागि कोलाजिन र इलास्टिसिटीलाई नै कन्ट्रोलमा राख्नुपर्छ । यसका लागि कोलाजिन सिरोम, कोलाजिन टोनर र मोस्चराइजरलगायत प्रोडक्ट पाइन्छन् । एनएमएफ (नेचुरल मोस्चराइजर फ्याक्टर) पनि प्रयोग गर्न सकिन्छ । यस्तै स्किन टोनिक प्रयोग गर्न सकिन्छ । अनुहारको मसाज गर्न सकिन्छ । हप्ताको एक–दुई पटक डिप क्लिजिङ गर्दा पनि फाइदा गर्छ । धेरै भने गर्नु हु“दैन । हप्ताको एक–दुईपटक कोलाजिन प्याक लगाउन पनि सकिन्छ । चाउरीको समस्या भोगिरहेको व्यक्तिले स्टिम बाथ लिनु हुँदैन । धेरै तातो र चिसो वातावरणबाट जोगिनु पर्छ । साबुनको प्रयोग बन्द गर्नुपर्छ ।
के हो चाउरी ?
छालामा धर्सा देखा पर्नु या झोलिनुलाई चाउरी पर्नु भनिन्छ । युवाअवस्था र बुढ्यौलीमा आउने दुई प्रकारका चाउरी हुन्छन् । युवाअवस्थामा मसिना धर्काहरू देखिन्छन् भने बुढ्यौलीमा मोटा धर्साहरू देखिने तथा छाला झोलिने हुन्छ । यी दुई उमेरअवस्थामा छाला चाउरिने कारण पनि फरक–फरक हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण