शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बच्चालाई धेरै गाली दिदा के हुन्छ ?

शनिबार, २७ कात्तिक २०७३, १४ : ५०
शनिबार, २७ कात्तिक २०७३
बच्चाहरू स्वभावैले धेरै चकचक गर्ने, झगडा गर्ने तथा जिद्दी गर्ने पनि हुन्छन् । त्यसमा पनि कतिपय बालबालिकाहरू स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान डराउने पनि हुन्छन् । बच्चाको यस्तो बानीदेखि दिक्क मानेर धेरै अभिभावक छोराछोरीलाई गाली गर्ने र पिट्नेसम्म पनि गर्छन् । तर, उनीहरूको मनोभावना नबुझी यसो गर्नु सबैभन्दा ठूलो मूख्र्याइँ हो । जसले गर्दा बालबालिकामा मानसिक समस्या देखिन पनि सक्छ । यही कारण उनीहरूको व्यवहार नकारात्मक हुँदै मनोरोगी पनि बन्ने खतरा रहन्छ । बाल मनोरोग कतिपय बच्चा हेर्दा परिपक्व भए पनि सोचाइ कलिलै हुन्छ । त्यस्तै, कुनै बालक धेरै रिसाउने गर्छ । कतिपयमा उमेरअनुसार सामान्य बालकभन्दा फरक बानी व्यवहार पनि देखिन्छ । यी सबै लक्षण बाल मनोरोगका हुन सक्छन् । यस्तो रोगका लक्षणहरू बच्चापिच्छे फरक पनि हुन्छन् । जस्तै, उमेरअनुसार आफ्नो क्षमताको काम गर्न नसक्ने, आवश्यकताभन्दा धेरै खुसी या धेरै रिसाउने, एउटै कुरालाई दोहो¥याइरहनेजस्ता लक्षण देखिन सक्छ । वंशाणुगत र वातावरणीय प्रभाव बालबालिकामा देखिने मनोरोग वंशाणुगत पनि हुन सक्छ । तर, कतिपयमा भने वातावरणीय प्रभावले पनि यस्तो समस्या देखापर्छ । आमाबुबामध्ये एकलार्ई डिप्रेसन छ भने त्यस्ता दम्पतीबाट जन्मिएका बालबालिकामा मनोरोग लाग्ने सम्भावना रहन्छ । वातावरणीय प्रभावमा स्कुल, समाज, घरपरिवारमा बालमैत्री व्यवहार नभएमा मनोरोग हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा परिवारका सबैजना रोजगारीमा व्यस्त हुने संस्कृति सुरु भएको छ । जसले गर्दा उनीहरूले चाहेर पनि बच्चालाई समय दिन सक्दैनन् । बच्चाहरू यसरी एक्लो अनुभव गर्दा पनि मनोरोगको समस्या देखिन सक्छ । लक्षणहरू उमेरअनुसारको क्षमतामा काम नगर्ने । आवश्यकताभन्दा बढी चकचक गरिरहने । रातमा ननिदाउने या धेरै बेरसम्म रोइरहने, आवश्यकताभन्दा धेरै रिसाउने । अभिभावकले भनेको नमान्ने, घरबाट बाहिर जान नमान्ने । कस्तो व्यवहार गर्ने ? बालबालिकामा यस्ता लक्षण देखिन्छन् भने साधारण व्यवहार गर्नुपर्छ । मनोरोगी भनेर भिन्न खालको व्यवहार गर्नु हुँदैन । समयअनुसार खान दिने, खेल्न दिने गर्नुपर्छ । यस्तो खालको व्यवहार पटक–पटक दोहोरिन्छ भने समयमै ख्याल गर्नुपर्छ । कतिपय बालबालिकालाई यस्तो अवस्थामा औषधिसमेत खुवाउनुपर्ने हुन सक्छ । घरको तथा स्कुलको वातावरण बालमैत्री हुनुपर्छ । बाल मनोरोग विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप