शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

यसरी बच्न सकिन्छ चिनीरोगबाट

मङ्गलबार, ३० कात्तिक २०७३, १४ : ४०
मङ्गलबार, ३० कात्तिक २०७३
१५ मिनेटजति योग, प्राणायाम गर्ने वा ३० मिनेटभन्दा बढी दौडने गर्नुहोस् । सात्विक वा सन्तुलित आहार जस्तै– मुगको दाल, जौको पीठो, अमला, दूध सेवन गर्नुहोस् । अधिक चिनी र नुनिलो परिकारहरू कम गर्नुहोस् । खानामा सलाद हरियो सागसब्जी तथा गहुँ, मकै, कोदो र फापरका परिकार खाने बानी गर्नुहोस् । सागसब्जीमा करेला, रायो, कुरिलो, पालुंगो, कुभिन्डो, परबल र लौका राम्रो मानिन्छ । चिनीरोगमा यौन दुर्बलता हुने भएकाले ब्राह्मी, सतावरी, कुरिलो, अमला, केशर, अकरकरा, लसुन, पिपली, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो, गोक्षुर र तुलसी बीज आदि जडीबुटी प्रयोग गर्नुहोस् । नियमित रूपमा जडीबुटीहरूको सेवन गर्नुहोस् । चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्नुहोस् । तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्नुहोस् । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ । कहिलेकाहीँ मनोरञ्जन कार्यमा भाग लिनुहोस् । सधैँ सकारात्मक सोचको विकास गर्नुहोस् । तनाव नलिनुहोस् । तनावका वेला २० देखि ३० मिनेट शारीरिक श्रम गर्नुहोस् । तामसी वस्तु अल्कोहल, चुरोट सेवन नगर्नुहोस् । नियमित शारीरिक जाँच गर्नुहोस् । जसले गर्दा कोलेस्ट्रोल र चिनीको मात्रा थाहा पाउन सकिन्छ । नयाँ पत्रिका  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप