जाडो याममा स्वस्थ रहन नखानुहोस् यी खानेकुरा
चिसो मौसममा खाएको स्वस्थ खानाले वर्षभरी स्वास्थ्यलाई सकारात्मक असर पुर्याउँछ । गुरुकुल कांगडी आयुर्वेदिक विश्वविद्यालयका एचओडी प्रो. अवधेश मिश्राका अनुसार चिसो मौसममा शरिरलाई तातो बनाउनका लागि धेरै क्यालोरी आवश्यक पर्छ त्यसकारण यतिबेला कम क्यालोरीयुक्त नखानु उपयुक्त होला । कम क्यालोरीयुक्त खानाले हाम्रो शरिरको आवश्यकतालाई पूरा गर्न नसक्ने भएकाले यसले प्रतिरोधी क्षमतालाई कम गरेर रुघा खोकी, ज्वरोले मानिस थलिने गर्दछ ।
दहीः दही चिसो हुने भएकाले यसले खोकीको समस्या निम्त्याउँछ । यसको सट्टा शुद्ध घ्यू खानुहोस् वा तातो दुध पिउनुहोस् ।
पालुङ्गोः यसमा कम क्यालोरी हुन्छ । यो सागले शरिरलाई पर्याप्त ऊर्जा प्रदान गर्दैन । यसको सट्टा मेथीको साग खानुहोस् ।
मुगीको दालः यसमा क्यालोरी कम हुन्छ । चिसोमा शरिरलाई तातो बनाउनका लागि यो पर्याप्त हुँदैन । यसका सट्टा मुसुरोको दालमा घ्यु हालेर खानुहोस् ।
चिसो पेय पदार्थः यो चिसो हुनुका साथै यसमा हुने सुगर र एसिडले शरिरलाई हानी पुर्याउँछ । यसको सट्टा तातो दुध पिउनुहोस् ।
सलादः यसमा शरिरलाई तातो बनाउनका लागि फ्याट र क्यालोरी पाइँदैन । यसको सट्टा ड्राइ फ्रुट, बदामजस्ता खानेकुरा धेरै खानुहोस् ।
कागती, इमलीजस्ता अमिलो खानेकुराः यसले घाँटीमा समस्या निम्त्याउँछ । रुघा, खोकी ज्वरो निम्तिन सक्छ । यसको सट्टा स्याउ, केराजस्ता खानेकुरा खानुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण