चिसोमा दुईपांग्रे चलाउँदा यी ५ कुरामा ध्यान दिनुहोस्
शुक्रबार, ०३ मङ्सिर २०७३, ०८ : १६
चिसो मौसममा दुईपांग्रे चलाउनु निकै चुनौतीपूर्ण हुन्छ । चिसो स्याँठ तथा बाटो नै नदेखिने हुस्सु लाग्ने कारण आफ्नो गतिमा पनि विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र सवारी लेन बेवास्ता गर्नु ठूलै जोखिम निम्त्याउनु पनि हुन्छ । सवारी नियमको पालना गर्दै सुरक्षित पहिरन प्रयोग गरी मोटरसाइकल चलाउन आवश्यक केही सामग्री यस्ता हुन सक्छन् :
1-उपयुक्त चस्माको प्रयोग
मोटरसाइकलमा यात्रा गर्दा चिसो हावाका साथै धुलोका कण, सूर्यका विकिरणलगायतबाट आँखाको सुरक्षा गर्न चस्मा महत्वपूर्ण हुन्छ । सुहाउँदो र आकर्षक चस्माले तपाईंको व्यक्तित्वसमेत बढाउँछ । त्यसैले, समय र आफूसुहाउँदो चस्मा छनोट गर्नुपर्छ । बजारमा एभिएटर, पोलाराइज्ट, रिमलेस, ओभर साइज्डलगायत विभिन्न ब्रान्डका चस्मा उपलब्ध छन् ।
2-सुरक्षित फुल हेल्मेट
हेल्मेट मोटरसाइकलचालकको सुरक्षा उपकरण हो । जाडो मौसममा मोटरसाइकलमा यात्रा गर्दा फुल हेल्मेट प्रयोग गर्नु बुद्धिमानी हुन्छ । बजारमा अहिले विभिन्न किसिम (स्टाइल, डिजाइन)का हेल्मेट उपलब्ध छन् । त्यसैले, आफ्नो रुचिअनुसार आकर्षक रङ तथा डिजाइनसहितको हेल्मेट प्रयोग गर्न सकिन्छ । तुलनात्मक रूपमा केही बढी खर्च गर्ने इच्छाअनुसार विभिन्न मोडेलको आकर्षक हेल्मेट पाउन सकिन्छ ।
3-पन्जा
चिसो मौसममा मोटरसाइकल चलाउँदा हात कक्रेर चलाउनै नसक्ने पनि हुन सक्छ । यस्तोमा हावा नछिर्ने पन्जाले हातको सुरक्षा गर्छ । बजारमा लेदर, फ्याब्रिक, फुल्ली प्याडेड, फिंगरलेसलगायतका पन्जा उपलब्ध छन् । छालाबाट निर्मित पन्जा पारम्परिक मानिन्छ । तर, लचिलोपन रुचाउनेलाई नाइलनको पन्जा उपयुक्त हुन सक्छ । सुरक्षा, सजिलो र प्रविधिका दृष्टिले आफूलाई उपयुक्त पन्जा प्रयोग गर्नुपर्छ ।
4-जुत्ता
चिसो मौसममा स्यान्डल लगाएर दुईपांग्रे चलाउनु उपयुक्त हुँदैन । जुत्ताले खुट्टाको सुरक्षा गर्छ भने यसले मानिसको व्यक्तित्व बढाउने विश्वाससमेत गरिन्छ । मोटरसाइकल चलाउन तपाईं स्टाइलिस स्पोर्ट सुज वा बाइकिङ बुट प्रयोग गर्न सक्नुहुन्छ ।
5-उपयुक्त पहिरन
मोटरसाइकल चलाउँदा आफ्नो शरीरलाई सन्तुलनमा राख्न महत्वपूर्ण हुन्छ । त्यसैले, यस्तो मौसममा यात्रा गर्दा आफूलाई सहज हुने पहिरन लगाउनुपर्छ । ज्याकेट, विन्डचिटर, मास्क, चेस्टगार्ड, ह्यान्ड वार्म, लेगवार्म प्रयोग गरेर सुरक्षित हुन सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण