शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कपडामा चुइगम टाँसियो ? यहाँ छन् हटाउने पाँच तरिका

मङ्गलबार, ०७ मङ्सिर २०७३, १५ : ३७
मङ्गलबार, ०७ मङ्सिर २०७३
चुइगम चपाउने धेरैको बानी हुन्छ । तर, चुइगम चपाउनु जति आनन्ददायक हुन्छ, त्यसको रस सकिएपछि व्यवस्थापन गर्नु त्यति नै झन्झट हुन्छ । यस्तोमा धेरैले चुइगम जहाँ पायो त्यहीँ फाल्ने या टाँसेर छाडिदिने गर्छन् । यस्तो चुइगम कपडामा टाँसिएमा हटाउन भने निकै नै समस्या हुन्छ । यसलाई कपडाबाट हटाउने तरिका थाहा नहुँदा कपडा नै बिग्रने सम्भावना पनि हुन्छ । टाँसिएको चुइगम कपडालाई असर नपार्ने गरी हटाउने केही तरिका यस्ता छन्ः हेयर ड्रायर चुइगम टासिएको कपडालाई हेयर ड्रायरको अगाडि राख्ने । ड्रायरबाट निस्कने तातो हावाले चुइगम टाँसिएको ग्लु कमजोर बनाइदिन्छ । तर, ड्रायर चलाउँदै गर्दा आफ्नो हात र कपडालाई तातोको जलनबाट भने जोगाउनुपर्छ । सिल्कको कपडामा चुइगम टाँसिएको छ भने यो विधि प्रयोग नगर्नु नै उत्तम हुन्छ । लन्ड्री साबुन चुइगम लागेको स्थानमा लन्ड्री साबुन राम्रोस“ग लगाउने । त्यसपछि टुथब्रसको मद्दतले चुइगम लागेको स्थानमा रगड्ने । यसलाई निरन्तरता दिँदा चुइगमको ग्लु कमजोर हुन्छ र कपडा सफा हुन्छ । हट आयरन चुइगम लागेको कपडामाथि कार्डबोर्ड राख्ने । त्यसमाथिबाट तातो आइरनले कपडा प्रेस गर्ने । तातो आइरनले गर्दा चुइगमको टाँसिने शक्ति कमजोर बनाइदिन्छ । जसले गर्दा चुइगम कपडाबाट छुट्टिन्छ र कपडा सफा हुन्छ । आइस प्याक कपडामा लागेको चुइगम हटाउन आइस प्याक पनि उपयोगी हुन्छ । त्यस्तो कपडालाई दुईवटा आइस ब्यागको बीचमा राख्ने । धेरै चिसोले गर्दा चुइगम निकै कडा हुन थाल्छ । निकै कडा भएपछि चुइगम आफै कपडाबाट छुट्टिएर खस्छ । भाइनेगर सफा भाइनेगरलाई तातो बनाएर चुइगम टाँसिएको स्थानमा रगड्ने । यसो गर्दा पनि सजिलै कपडाबाट चुइगम हटाउन सकिन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप