शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

एक हप्तामा हट्छ कब्जीयतको समस्या, अपनाउनुस् यी घरेलु तरिका

बिहीबार, ०९ मङ्सिर २०७३, १६ : ४५
बिहीबार, ०९ मङ्सिर २०७३

सही डाइट नखाँदा, दिनभरी बसिरहँदा, इन्डाइजेसन र व्यायाम नगर्दा कब्जियतको समस्या हुने गर्दछ । जब यो समस्या बढ्दै जान्छ शरिररले राम्रोसँग काम गर्न सक्दैन । यसलाई आफूबाट टाढा राख्न हामीले घरमा नै केही तरिका अपनाउन सक्छौं ।

किशमिशः राती पानीमा केही किशमिश भिजाएर बिहान खाली पेटमा खाँदा कब्जियतको समस्या टाढा हुन्छ ।

दहीः दहीमा चिल्लो र राम्रो ब्याक्टेरियाको मात्रा धेरै रहने भएकाले यसले पेटलाई स्वस्थ राख्छ र कब्जियतबाट आराम दिलाउँछ ।

कागती पानीः बिहान एक ग्लास मनतातो पानीमा कागती हालेर पिउँदा कब्जियतको समस्या टाढा रहन्छ ।

पानीः दिनभरी कम्तीमा पनि ८ देखि १० ग्लास पानी पिउँदा पेटको राम्रो सफाई हुन्छ र कब्जियतको समस्या टाढा रहन्छ ।

टुसा उम्रेको गेडागुडीः टुसा उम्रेको गेडागुडीमा फाइबरको मात्रा धेरै हुन्छ । यसले पेटको अन्तरिक रुपमा नै सफाइ गर्छ जसले कब्जियतको समस्यालाई टाढा राख्छ ।

हरियो सागसब्जीः पालुङ्गो, बन्दा गोभी, ब्रोकली, गाजर, मटरजस्ता सागपातमा फाइबरको मात्रा धेरै हुन्छ । यो निकै सजिलो पच्ने हुँदा कब्जियतको समस्या टाढा रहन्छ ।

साइट्रस फ्रुटः सुन्तला, नाश्पाती, मौसम, पाइनएप्पलजस्ता साइट्रस फ्रुटमा फाइबरको मात्रा धेरै हुन्छ । कब्जियत हटाउनका लागि यसले निकै सहयोग गर्दछ ।

खरबुजा, मेवा, केरा, अंगुरजस्ता फलमा फाइबरको मात्रा धेरै हुन्छ । यी फलले कब्जियतको समस्या टाढा राख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप