किन हुन्छ तनाव ? व्यवस्थापनका उपाय
शनिबार, ११ मङ्सिर २०७३, १० : ०७
अहिलेको प्रतिस्पर्धात्मक तथा भागदौडपूर्ण जीवनमा तनावलाई हामी पूर्ण रूपमा हटाउन सक्दैनौँ । तर, तनावको उचित व्यवस्थापन भने गर्न सकिन्छ । तनावले मानिसलाई मानसिक र भावनात्मक दबाब दिन्छ । मानिसको अनुभवअनुसार कार्य, परिवार, आर्थिकलगायतका कारण तनाव उत्पन्न हुन्छ । र, सोसँगै थुप्रै अन्य समस्याहरू पनि आउँछन् । झट्ट हेर्दा तनाव सामान्यजस्तो देखिए पनि यसले शारीरिक, भावनात्मक र मानसिक समस्या पैदा गर्छ ।
तनावका असर
– नैराश्यता ।
– नकारात्मक विचार ।
– एकाग्रतामा कमी ।
– हातखुट्टाबाट पसिना आउने ।
– थकान बढी हुने ।
– अनिद्रा ।
– शारीरिक समस्याहरू ।
– यौन चाहनामा कमी ।
– सम्बन्धमा समस्या ।
– सृजनात्मक कार्यमा कमी । तनावका कारणहरू एक–अर्कासँग मिल्नुपर्छ भन्ने छैन । यसलाई समयमै व्यवस्थापन गर्न नसके जीवन धराशायी हुन सक्छ । यसले व्यक्तिलाई मात्र नभई परिवारदेखि समाजलाईसम्म असर पु-याउन सक्छ ।
तनावको सही व्यवस्थापन
कतिपय अवस्थामा तनाव किन भइरहेको छ र कसरी समाधान गर्ने भन्ने विषयमा अन्योल हुन्छ । मानिसको बानीव्यहोरा, सोच्ने तरिकाबाट पनि तनाव उत्पन्न हुन्छ ।
मस्तिष्कलाई विश्राम दिने
मस्तिष्कलाई कुनै कुराले चाहिनेभन्दा धेरै व्यस्त बनाउँदा दिमागलाई विश्राम पुग्दैन । यसका लागि जीवनोपयोगी उत्प्रेणामूलक पुस्तकहरू अध्ययन गर्न सक्छौँ । सोचाइलाई सकेसम्म सकारात्मक बनाउनुपर्छ । जीवनका प्रत्येक पलमा खुुसी भएर काम गर्ने कलाको विकास गर्नुपर्छ । सकेसम्म नकारात्मक वातावरण भएको स्थानमा बस्नु हुँदैन ।
श्वासप्रश्वासको अभ्यास
तनावसँग श्वासप्रश्वासको ठूलो सम्बन्ध छ । मानिस रिसाउँदा, तनावमा हुँदा श्वासको लय बिग्रन्छ । त्यस्तो समयमा श्वासलाई गहिरो लामो तान्ने अनि गहिरो लामो छोड्ने गर्नुपर्छ । यसले तुरुन्त तनावलाई शान्त बनाउँछ । यसलाई योगको भाषामा प्राणायाम पनि भनिन्छ।
स्वस्थ जीवनशैली
जीवनशैलीलाई स्वस्थ बनाउन सक्यौँ भने तनावले असर गर्न सक्दैन ।
तनावलाई पूर्णतया हटाउन भने सकिँदैन । कसरी तनावलाई ग्रहण गर्ने भन्ने महत्वपूर्ण हो । त्यसैले सात्विक भोजन लिने, मद्यपान÷धुम्रपान नगर्ने, गाढा निद्रा लिनेजस्ता कुरालाई जीवनमा लागू गर्नुपर्छ।
ध्यान र योग नियमित योग र ध्यानले शरीर, मन र भावनालाई सन्तुलित बनाउँँछ । नियमित ध्यानको अभ्यासले तनाव आउन दिँदैन ।
यदि आइ नै हाल्यो भने पनि उचित सामाधानको उपाय खोज्न विवेक पैदा हुन्छ । यसले मानिसलाई स्वस्थ बनाउनुका साथै अध्यात्मको खोजसम्म पनि पु-याउँछ ।
स्वीकार गर्ने कलाको विकास कतिपय कुरा स्वीकार गर्न नसक्दा पनि तनाव उत्पन्न हुन्छ । जसको कारण स्वयम् आफैँ हो ।
कति कुराहरू यस्ता हुन्छन्, जसको नियन्त्रण अनि परिवर्तन सम्भव हुँदैन । यस्तो वेलामा स्वीकारभन्दा अर्को उपाय हुँदैन । क्षमा, करुणा, प्रेमलाई बढाउनुपर्छ ।
विश्राम गर्ने समय निकाल्ने मानिस नाम र दाम कमाउन २४ घन्टाको आधाभन्दा धेरै समय व्यस्त रहन्छ । जसले गर्दा शरीर र दिमागलाई विश्रामको समय पुग्दैन । त्य
सैले प्रकृतिसँग नजिक हुने, परिवारसँग घुलमिल हुने, असल साथीहरूसँग समय बिताउने गर्नुपर्छ । यसले गर्दा दिमागलाई स्फूर्त बनाउँछ ।
राम्रा कुरालाई डायरीमा लेख्ने, संगीत सुन्ने, जुन काम गर्दा आनन्द आउँछ, त्यस्ता सकारात्मक कुरालाई दैनिक जीवनमा लागू गर्ने गर्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण