१० यस्ता टिप्स जो हरेक महिलाले थाहा पाउनैपर्छ
महिला आफ्नो पहिरन शैलीमा निकै सचेत हुन्छन् । तर थुप्रै पटक उनीहरु निकै महत्वपूर्ण र आधारभूत आवश्यकतालाई नजरअन्दाज गरिदिन्छन् । जस्तै कुन ड्रेसलाई कसरी लगाउने, लगाउँदा कस्तो सावधानी अपनाउने, उक्त पहिरनमा कस्तो गहना लगाउने । यदि यस्ता तरिका नअपनाए तपाईंले मानिसहरु अगाडि लज्जास्पद हुनुपर्छ । त्यसकारण आज हामी तपाईंलाई महिलाले थाहा पाउनैपर्ने टिप्सबारे जानकारी दिँदै छौं ।
१. वाइड नेक टप अथवा सुटमा तपाईंको ब्राको स्ट्रिप्स बाहिर आउँछ । त्यसकारण काँधमा कपडाको पातलो स्ट्रिप्सलाई सियो धागोले राख्नुहोेस् र किनारामा सानो बटन राख्नुहोस् । यसका बिचमा ब्राको स्ट्रिप्स राख्नुहोस् ।
२. टाइट जिन्स लगाउँदा जिप खुल्ने डर हुन्छ । त्यसकारण जिपरको छेउमा एउटा रिंग राख्नुहोस् र जिन्स लगाएपछि त्यसलाई जिन्सको बटनमा राख्नुहोस् । त्यसपछि जिप आफैं खुल्दैन ।
३. नन स्किनी जिन्सलाई बुटसँग लगाउन अलि अप्ठेरो हुन्छ । यदि यसलाई तलबाटै फोल्ड गरेर साइडबाट टाइट गरेर मोजा लगाए बुट लगाउादा राम्रो फिटिङ देखिन्छ ।
४. जिन्स लगाउँदा टाइट छ भने त्यसमा पानी छर्कनुहोस् । अब त्यसलाई तन्काउनुहोस् । यो सुकेपछि यस्तै प्रक्रिया दोहोराउनुहोस् । जिन्स फिट हुनेछ ।
५. तयार भएपछि डिओड्रेन्ट प्रयोग गर्नुहुन्छ भने सेतो दाग बस्छ जुन नराम्रो देखिन्छ । यसलाई हटाउनका लागि बेबी वाइप्सको प्रयोग गर्नुहोस्, सफा हुन्छ ।
६. जुत्ता टाइट छ भने जिपलक प्लाष्टिक ब्यागमा पानी भरेर त्यसमा राख्नुहोस् र रातभरी त्यसलाई फ्रिजरमा राख्नुहोस् । अहिले पनि जुत्ता टाइट नै छ भने यो प्रक्रिया दोहोराउनुहोस् ।
७. टिसर्टलाई नरम बनाउनका लागि त्यसलाई तीन दिनसम्म नुन पानीमा डुबाएर राख्नुहोस् । त्यसपछि साधारण धुनुभयो भने यो टिसर्ट लगाउँदा निकै सजिलो महसुस हुन्छ ।
८. क्यानको ट्याबलाई डबल ह्यांगर बनाउन सकिन्छ ।
९. नेकलाइन अनुसार आफ्नो नेकलेसको छनोट गर्नुहोस्
१०. चिविङ गमलाई आइसमार्फत यसरी हटाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण